"2513058968709111" /> गुल्मीमा कफी उत्पादन घट्यो ।। - अनिश शर्मा गैरे
Breaking News
recent

गुल्मीमा कफी उत्पादन घट्यो ।।

प्रेम सुनार , गुल्मी ।
मँसिर १ गते ।।

अर्गानिक कफीको जिल्ला भनेर चिनिने गुल्मीमा सोतो गवारो रोगका कारण गत केहि वर्ष यता कफी उत्पादन घट्दै गएको छ ।   २०५५÷०५६ साल सम्म वार्षिक ७० मेट्रिक टन सम्म  कफी उत्पादन हुने गुल्मीमा क्रमिक रुपमा घट्दै जाँदा अहिले वर्षिक १५ मेट्रिक टन भन्दा बढि उत्पादन हुन छाडेको जिल्ला सहकारी संघका कार्यवाहक अध्यक्ष एमबहादुर थापाले बताए ।
‘घ्ट्दै जानुको काराण पहिलो त गवारो रोग हो । दोश्रो विचौलियाहरुका कारण पनि उत्पादन कम देखिएको छ’–थापाले भने–‘ अर्गानिक कफीमा सेतो गवारो रोग निराकरणका लागि कुनै विषादी प्रयोग गर्न नहुने भएकोले समस्या आएको छ ।’
आज ११ औं राष्ट्रिय कफी दिवस मनाउन  संघले आयोजना गरेको विशेष कार्यक्रममा सहभागी जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत चेतनारायण पाण्डेले आफुहरुले यस रोगलाई  निराकरण गर्दै कृषकहरुलाई कफी खेतीमा प्रोत्साहित  गर्ने कार्यलयाई पहिलो प्रथामिकतामा राखीएको बताए ।
त्यस्तै लामो समय देखि सो कार्यालयमा कार्यरत रहेर यहाँको कफी खेतीलाई नजिकबाट वुझेका वागवानी विकास अधिकृत फटकबहादुर थापाले  जिल्लामा ८६ मेट्रिक टन प्रशोद्धन नगरिएको कफी उत्पादन हुने गरेको जानकारी दिए । उनका अनुसार जिल्लाभर  कुल १ सय ५५ हेक्टर मध्ये ९१ हेक्टर जमिनमा कफी खेती हुने गरेको छ ।
जिल्ला सहकारी संघका व्यवस्थापक युवराज अर्यालयका अनुसार यस वर्ष संघ मार्फत कोरिया र जापानमा ७  टन तयारी कफी निर्यात भएको छ भने आन्तिरक वजारमा ३ टन खपत भएको छ ।  ‘जवकी गत वर्ष १८ टन उत्पादन र विक्रि वितरण भएको थियो –उनले  भने अहिले वर्तमान कारोवार जिल्लाभर सरदर १६ टन हुने गरेको छ । ’
जिल्लाको कफी उत्पादन र विक्री वितरणमा यहाँको अर्को संस्था पनि सक्रिय छ । पछिल्लो चरण कफी सहकारी संघ गुल्मीले पनि कफी उत्पादन र विक्री वितरण गर्दै आएको हो  । संघका अध्यक्ष निलकण्ठ गौतमका अनुसार त्यस संस्था मार्फत ५ टन कफी विदेशमा विक्री भयो ।
गौतम भन्छन–‘ विचौलियाहरुका कारण जिल्लामा अहिले के कति कफी उत्पादन भयो भन्ने एकिन विवरण समेत राख्न सकिने अवस्था छैन् । अर्को कुरा सेतो गवारोका कारण वार्षिक ७० मेट्रिक टन कफी उत्पादन हुने यस जिल्ला अहिले १५ टनमा झरेको छ यो चिन्ताको विषय हो । ’  राष्ट्रिय कफी दिवस विशेष कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंडेलले चियाको जिल्ला भनेर ईलामलाई चिनिन्छ भने कफीको जिल्ला भनेर गुल्मीलाई चिनिन्छ यस खेतीलाई अझ बृद्धि गरेर विश्वभर चिनाउन सवै पक्ष लाग्नु पर्नेमा जोड दिए ।
जिल्ला सहकारी संघ गुल्मीका अध्यक्ष समेत रहेका राष्ट्रिय  चिया तथा कफी  विकास वोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले सोतो गवारो रोग नियन्त्रणका लागि राष्ट्रिय स्तर मैं अनुसन्धान भई रहेको बताए ।
‘आज काठमाण्डौंमा कृषि मन्त्री सहितका  विज्ञहरु संग राष्ट्रिय कफी दिवस मनाउने क्रममा यस विषयमा  छलफल गर्नें छौं’– कार्यकारी निर्देशक गौतमले भने–‘देश भरको कफी उत्पादनमा भने कमी आएको छैन् । ’  उनका अनुसार यस वर्ष देशभर ४ सय ६३ मेट्रिक टन कफी  उत्पादन भएको छ ।  
वोर्डका कार्यकारी निर्देशक गौतमका अनुसार अन्य मुलुकबाट यस वर्ष ५ करोड ६४ लाख ५६ हजार मुल्य वरावरको कफी नेपालमा आयत भएको छ भने नेपालबाट ९ करोड ९३ लाख मुल्यको एक सय मेट्रिक टन कफी विभिन्न मुलुकमा निर्यात भएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.