"2513058968709111" /> आज देखि गुल्मीबाट काठमाडौका लागी डिलक्स वस सेबा सुचारु ।। - अनिश शर्मा गैरे
Breaking News
recent

आज देखि गुल्मीबाट काठमाडौका लागी डिलक्स वस सेबा सुचारु ।।

अनिल खत्री, गुल्मी ।
मँसिर १ गते ।।

आजबाट गुल्मीबाट काठमाडौका लागी सुबिधा सम्पन्न डिलक्स वस सेबा सुचारु भएको छ । गुल्मी यातायात व्यावसायी समिती द्धारा सञ्चालित उक्त बस एक कार्याक्रमका बिच मंगलवारबाट काठमाडौका लागी सुचारु भएको हो । सदरमुकाम तम्घासमा मंगलवार एक समारोहका बिच डिलक्स वस सेबा सुचारु गरिएको थियो ।
डिलक्स वस उदघाटन गर्दै कार्यक्रममा बोल्दै गुल्मीका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेलले सवारी साधान सुचारु गर्न भन्दा पहिले चालकले अनिवार्य यात्रु ध्वानी वडापत्र बजार वा यात्रु हानुभाव संग चालकले यात्रा गर्दा बिभिन्न कुराहरुमा सजक सचेत गराएर मात्र यात्रा गराउन आग्रह गर्नु भएको थियो । सवारी साधनमा यात्रा गराउदा यात्रुमहानु भावलाई बसमा यात्रा गर्दा सरसफाईमा ध्यान दिन आग्रह गर्नु भएको थियो ।
आजबाट तम्घासबाट काठाडौका लागी सुचारु गरिएको डिलक्स बससेवा प्रत्येक दिन बिहान ५ बजे काडमाडौका लागी छुटने गुल्मी यातायात व्यावसायी समिती गुल्मीले जनाएको छ । आज पहिलो दिन दुई वटा बस काठमाडौका लागी छुटेका छन् । डिलक्स वसमा आरामदाय सिट, फ्रिवाइफाइ,प्रत्येक सिटमा मोवाई चार्ज, एसी सहितका बिभिन्न सुबिधाहरु रहेको बताइएको छ ।
डिलक्स वस सेबा सुचारु कार्यक्रममा गुल्मी यातायात व्यावसायी समितीका अध्यक्ष झगबहादुर मिदुनको अध्यक्षता, जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्याक्रममा नेपाली कांग्रेस गुल्मीका उपसभापति भुवन प्रसाद श्रेष्ठ,नेकपा एमाले गुल्मीका कार्यबाहक अध्यक्ष मधुकृष्ण पन्त, स्थानिय बिकास अधिकारी डिलारा पन्थी, प्रहरी नायव उपरिक्षक रबिन्द्र रेग्मी, ट्राफिक कार्यालयका प्रमुख प्रेम श्रेष्ठ लयागत बिभिन्न संघ संस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो । कार्यक्रम समितीका उपाध्यक्ष रमेश श्रीसको स्वागत र महासचिव गुणदेव कुवँरको सञ्चालनमा सम्पन्न भएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.