"2513058968709111" /> बन्दले गुल्मी जनजिवन प्रभावित ।। - अनिश शर्मा गैरे
Breaking News
recent

बन्दले गुल्मी जनजिवन प्रभावित ।।

अनिल खत्री । 
गुल्मी १३ मसिँर । 
नाकाबन्दीको विरोध भन्दै विप्लव माओवादीले गरेको बन्दले गुल्मीको जनजिवन प्रभावित भएको छ । बन्दबाट गुल्मीबाट छुटने छोटो तथा लामो दुरीका सवारीका साधनहरु छुटेका छैनन् भने बजार,शिक्षण संस्था, कल कारखाना पुर्ण रुपले ठप्प भएका छन् । बन्दले जिल्लका अन्य बिभिन्न स्थानमा बजार तथा शिक्षण संस्थाहरु बन्द भएका छन् । बन्दको क्रममा आइतवार बिहानै गुल्मीको गौडाकोटमा एउटा ट्राकमा अज्ञात समुहले सामान्य क्षेती गराएका छन् । बुटवलबाट तम्घास तर्फ कुखुराको दाना लिएर आएको ट्रकलाई अज्ञात समुहले हेडलाईट फोरि दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक रबिन्द्र रेग्मी जानकारी दिनुभयो । नाकाबन्दीले इन्धन अभावमा सवारी साधनहरु कम  चलि रहेको बेला बन्दले गन्तव्यका लागि हिँडेका यात्रु पैदल हिँड्न बाध्य भएका छन् । बन्दमा अत्यावश्यक सेवाका सवारीका साधनहरु एम्बुलेन्स, सुरक्षा, प्रेस, दुधका गाडिहरु निर्वात रुपमा चलेका छन् । भारतले नेपाली जनतालाई इतिहासमै सर्वा्धिक राष्ट्रियता माथिको हस्तक्षेप गरेको भन्दै माओवादीले भारतीय नाकाबन्दी जनताको चुलो बल्न बन्द भएको अवस्थाको तत्काल समाधान हुनुपर्ने माग राखेका छन् । यता वामी टक्सारमा भने बन्दको प्रभाब कत्ति पनि परेन । यहाँका राजनीतीक दलहरुले बन्दलाई सधैको लागी बन्द गरेकाले बन्दको प्रभाब नहुने गरेका छ भने बजार, बैंक तथा बित्तिय संस्था, शैक्षिक संस्था निर्वाध रुपमा सञ्चालनमा आएका थिए ।  

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.