"2513058968709111" /> गुल्मीमा आत्माहत्याको संख्या प्रतिवर्ष ५० भन्दा बढि ।। - अनिश शर्मा गैरे
Breaking News
recent

गुल्मीमा आत्माहत्याको संख्या प्रतिवर्ष ५० भन्दा बढि ।।

आत्माहत्या गर्नेमा ८४ वर्षिय बृद्धदेखि ११ वर्षिय वालक सम्म ।।


प्रेम सुनार 
गुल्मी १३ मसिँर । 
गुल्मीमा गत तिन वर्ष यताको विवरण हेर्ने हो भने  आत्मा हत्या न्युनिकरणका लागि तत्काल यहाँका राजनैतिक दल, विभिन्न संघ संस्था र सरकारी कार्यालय जुट्नु पर्ने देखिएको छ ।
गत तिनवर्ष यता प्रतिवर्ष कम्तीमा ५० जनाले आत्मा हत्या गरेको विवरण जिल्ला प्रहरी कार्यालय गुल्मीमा रहेको छ ।  आर्थिक वर्ष २०६९÷०७० मा गुल्मीमा ५२  जनाले आत्माहत्या गरेका थिए । २०७०÷०७१  सालमा ५३ जनाले अत्माहत्या गरेका थिए । २०७१÷०७२ मा ५० जनाले आत्महत्या गरेका थिए भने यस आर्थिक वर्षको ४ महिनाको अन्तराल मै २८ जनाले आत्मा हत्या गरेका छन् ।
आत्मा हत्या गर्नेहरुको उमेर हेर्ने हो र मर्नु अघि उनिहरुले फेशवुक मार्फल लेखेको स्टाटस  र तस्वीर  देख्ने हो भने आत्मा हत्यालाई खेलाची जस्तो ठानेको पाईएको छ । आत्मा हत्या गर्नेहरु ८४ वर्षिया बृद्ध देखि ११ वर्षिय वालक समेत रहेका छन् । केहि दिन अघि सदरमुकाम तम्घासमा झुण्डीएर आत्माहत्या गरेकी एक युवतीले मनु अघि म यसरी झुण्डीएर मर्दैछु भन्ने तस्वीर फेशवुकमा राखेको केहि वेरमै ठिक त्यसरी नै गलामा चुन्नीको पासो लगाएर आत्माहत्या गरेकी थिईन् ।
एक विद्यालयकीशिक्षिका  रहेकीउनको आत्माहत्याको कारण गोप्य राखिएको छ ।  पछिल्लो ४ महिनामाआत्माहत्यागर्ने २८ जनामध्ये  १२ जनाजनजाती समुदायका रहेका छन् । ८ जनादलित समुदयका  र ६ जना व्राम्हण समुदायका रहेका छन् । आत्माहत्यागर्नेहरुमा बढि मात्रमाविवाहित  रहेका छन् ।
२८ जनामा १९ जना विवाहित र  ९ जना अविवाहित रहेका छन् । विवाहितले बढि मात्रमा आत्मा हत्या गर्नुको कारण वैदेशिक रोजगार पनि एक भएको पाईएको छ । केहि महिना अघि गुल्मीकी एक महिला श्रीमान विदेशबाट आएको दुई दिनन वित्दै आत्माहत्या गरेकी थिईन् । कुनै महिला आफु स्वयम दोषि हुन त कुनै महिला निर्दोष हँदाहुँदै पनि श्रीमान विदेश बाट आए पछि घर परिवारले अनेक कुरा लागाई दिने गरेका कारण आत्मा हत्या गर्न बाध्य भएको केहि घटनाले देखाएको छ ।
त्यसो त  आत्मा हत्या गर्ने ११ वर्षे वालक देखि १५ वर्षे किशोर समेत रहेका छन् ।  त्यसता वालक र किशोरहरु विशेषता परिवारले  डर त्रास देखाउने तनाव सिर्जना गराउने कारणले पनि आत्माहत्या गरेको पाईएको छ ।  २५ जनामध्ये ११ देखि १५ वर्ष सम्मका४ जना रहेका छन भने त्यो भन्दामाथी ८४ वर्ष उमेर सम्मका २४ जना रहेका छन् ।
तिमध्ये बढि मात्रमा गरिवी, दिर्घ रोगी, पारिवारीक कलह, अनुचित सम्वन्ध र प्रेममा असफल आत्मा हत्याको कारण देखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव उपरीक्षक रविन्द्र रेग्मीले बताए । उनका अनुसार गत तिन वर्षको अन्तरालमा आत्माहत्याको  सख्या यति धेरै बढे पनि एसएलसी परिक्षामा फेल भएका कारण  र प्रेममा धोका खाएका कारण आत्माहत्या गरेको भने एकदमै कम पाईएको छ ।
२८ जनामा परिक्षामा फेल भएर वा शैक्षिक क्षेत्रमा जुन कुनै हिनता वोधले आत्मा हत्या गर्ने एक जनापनि छैनन भने प्रेममा असफल भएर जम्मा एक जनाले मात्रै आत्माहत्या गरेका छन् । केहि वर्ष अघि सम्म परिक्षामा फेल र  प्रेममा असफल भएर वा अवैध सम्वन्ध राखेर आत्माहत्या गर्छन भन्ने मान्यता पछिल्लो चरण तोडिएको छ । यि कुराहरु युवा पिढिले पचाउन थालेका छन भन्ने कुराको संकेत मिलेको छ ।
परिक्षामा फेलभए फेरी पास हुन्छु भन्ने सोचको विकास हुँदै गएको पाईएको छ । त्यस्तै पाउनु मात्र माया होईन गुमानु पनि माया हो भन्ने मानसिकताको विकास हुँदै जाँदा  प्रेममा असफल हुने हरुले पनि कुरा हरुबाट हरेश खाँदै आत्मा हत्या गर्न छाडेको गुल्मीको आत्मा हत्याको विवरणले देखाएको छ ।
त्यस्तै अवैध सम्वन्ध सार्वजानिक भएपनि त्यसको डटेर सामना गर्दै आत्माहत्या जस्तो कायरता अपनाउन छडेको पनि देखिएको छ । यसर्थ आत्माहत्या न्युनिकरणका लागि अव चेतना मुलक कार्यक्रम विशेष गरी गरिवीले आक्रन्त परिवार,  दिर्घ रोगी, मादक पदार्थ र अन्य लागु पदार्थको कुलतले  जिवन देखि नै निरास भएकाहरु विच बढि सञ्चालन गर्नु पर्ने देखिन्छ ।
गुल्मीमा बढ्दो आत्मा हत्या न्युनिकरणका लागि प्रहरीले यहाँको सवै पक्ष र सञ्चारकर्मीहरु संग मिलेर चेतना मुलक कार्यक्रम सञ्चालनका लागि  छलफफलको तयारीमा रहेको जिल्लाप्रहरी प्रमुख रेग्मीले जानकारी दिए ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.