मालारानीमा ५० प्रतिशत अनुदानमा ४० मौरी घार बितरण, वामीलाई महको गाबिस बनाउनु पर्ने बक्ताहरुको भनाई ।।
अनिश गैरे, वामी गुल्मी ।।
केही महिना अगाडी मौरी विकास क्षेत्र घोषित भएको वामी ८ मालारानीमा आज कृषकहरुलाई मौरीका घारहरु बितरण गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालय गुल्मीद्धारा वामी ८ मालारानीका मौरी पालक कृषकहरुलाई थान मौरी सहितको मौरी घार बितरण गरिएको हो । बिगत केही बर्षबाट बिशुद्ध कृषि क्षेत्रमा काम गर्दै आएको लक्ष्मी नारायण महिला कृषि सहकारी संस्थाको आयोजनामा वामी ८ मालारानीका ४० कृषकहरुलाई मौरी सहितको घार बितरण गरिएको हो । लक्ष्मी नारायण महिला कृषि सहकारी संस्थामा आबद्ध ४० परिबारहरुलाई जिल्ला कृषि बिकास कार्यालयको नियमित कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा मौरीको घारहरु बितरण गरिएको हो ।
लक्ष्मी नारायण मसहला कृषि सहकारी संस्थाकी अध्यक्ष विजया कुमारी मल्लको अध्यक्षता रहेको कार्यक्रममा बरिष्ठ कृषि विकास अधिकृत चेतनारायण पाण्डेको प्रमुख अतिथ्यता तथा जिल्ला कृषि कार्यलयका प्राबिधिक सहायक हरि आचार्यको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रमको सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि पाण्डेले वामी गाबिसलाई “महको गाबिस” बनाउनुपर्ने बताउनुभएको छ । उहाँले मौरी पालन ब्यबसायबाट निकै राम्रो आर्थिक उपलब्धि हुन सकिने भएकोले यसलाई ब्यबसायिकता प्रदान गर्न आग्रह गर्नुभयो । भौगोलिक रुपमा पनि वामी गाबिस मौरीको लागी उपयुक्त भएकोले कृषकहरुलाई एक घर १० मौरीघार भन्ने अभियान चलाउनु आग्रह गर्नुभयो । महको लागी बजारीकरणको कुनै समस्या नभएकोले कम लगानीमा राम्रो उपलब्धि लिन आग्रह गर्नुभयो । त्यसैगरी कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै राजनितिक दलहरुको तर्फबाट नेपाली काङ्ग्र्ेसका भिमसेन केसी, वामी कृषि सहकारी संस्थाका प्रकाश काफ्ले, समाजसेबी गोपिकृष्ण खरेल, वाली संरक्षण अधिकृत सपना पन्थी, मौरी पालन महासंघ गुल्मीका अध्यक्ष चेतमान कुवँर लगायतले वामी ८ मालारानीबाट शुरु भएको मौरी पालन ब्यबसायले वामीलाई नै मौंरी तथा महमय बनाएको बताउनुभएको थियो । कार्यक्रममा जिल्ला कृषि विकास कार्यलय गुल्मीका प्राविधिक सहायक हरि आचार्य, मौरी पालन महासंघ गुल्मीका अध्यक्ष चेतमान कुवर, बाली संरक्षण अधिकृत सपना पन्थी, नेपाली काङ्ग्रेसको तर्फबाट भिमसेन केसी, नेकपा एमालेको तर्फबाट गोपिकृष्ण खरेल, राष्ट्रिय जनमौर्चाबाट मोहनलाल श्रेष्ठ, वामी कृषि सहकारी संस्थाका अध्यक्ष प्रकाश काफ्ले, वडा नागरीक मञ्च वामी ८ का संयोजक खड्क बहादुर घर्ती, वामी बिश्व सम्पर्क मञ्चका अध्यक्ष ज्ञानहरी सापकोटा, रुद्रावति बहुमुखी क्याम्पस वामीका अध्यक्ष महेश बहादुर जी.सी, सदस्य नारायण साकपोटा, रेडियो पुष्पाञ्जलीका कार्यकारी प्रमुख कौरब खत्री, लगायत समाजसेबी, बुद्धिजिवि, पत्रकार लगायतको बिशेष उपस्थिती रहेको थियो । लक्ष्मीनारायण महिला कृषि सहकारी संस्थाकी सदस्य जमुना सापकोटाको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सहकारी संस्थाकी सचिब यमुना घिमिरेले गर्नुभएको थियो । शालीमे मौरी पालन कृषक समुह नाम दिई मौरीपालन ब्यबसाय शुरु गरिएको त्यस क्षेत्रमा केही महिना अगाडी पनि ८० मौरी घार बितरण गरिएको थियो ।

No comments: