"2513058968709111" /> ओएलिएको मखमली मेरो !! - अनिश शर्मा गैरे
Breaking News
recent

ओएलिएको मखमली मेरो !!

जीबन गैरे गल्कोट बाग्लुङ । हाल अमेरीका
💐💐💐💐💐💐
💐
💐
बाबू तिमी आउने सपना सजाएर बेस,
बोक्दै पानी हाल्दै, मखमली मौलाएर बेस,
दिन बीते, रात बीते ,कत्ती बर्ष बीते !!
सँगै कती दिप जले, कत्ति मन जले !
आएनौ तिम्रो प्रखाईमा कत्ती बसन्त जले,
उराठा लाग्छ मलाई , रित्तो तिम्रो तिहार !!
हो बाबू , मन भरिका सपना उराठ हुँदै छन् ।
आएनौ खोई तिमी पनी बस्ती रुदै छन् ।
तिम्रो प्रखाईका मखमली बिलाप गर्दै छन् ।
रंगिएको तिम्रो गाउ अध्यारो लाग्छ मलाई !
तिमी बिनको मखमली बर्यथ लाग्छ मलाई !
एक्लो तिहार तिमी बिन चोट लाग्छ मलाई !
तिम्रा साथी संगी आए बाबू , पिङ्ग पनि हाले !
घुम्छन नजर वरिपरि सपना सजाउन थाले !
तिम्रो सम्झनाका कती ओखर बेबारिसे भए ।
तिहारका ति दिपहरु आफै बर्ते जस्तो लाग्छ ।
घर आगन मखमली बारी सुन्ने लाग्छ अचेल ,
बाबू तिमी बिनको तिहार अपुरो लाग्छ मलाई !
खोई मेरो पुकार भगवान सुनेको भए ।
तिम्ले पनि मैले जस्तै सपना बनेको भए ।
खुसी हुन्थेउ सँगै रुदै , अँगालोमा बेरी ,
सधै बसंत उस्तै तिहार आउथ्यो घरी घरी !!
बाबू मेरो आसीर्बादले खोट नलागोस ।
मखमलिको स्पर्शले चोट नलागोस् ।
मखमलिको स्पर्शले चोट नलागोस् ।।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.