बाढीमा बेपत्ताका परिवारलाई दुई महिनापछि राहत
खोटाङ, भदौ २४
खोटाङमा बाढीमा बेपत्ताका परिवारले दुई महिनापछि राहत पाएका छन् । गएको असार १९ गते राति तावा खोलामा आएको बाढीमा बेपत्ता बनेका मात्तिम–५ की ४० वर्षकी परिमाया राई र उनकी छोरी १२ वर्षीय समिता राईको परिवारले जिल्ला दैवीप्रकोप उद्धार समितिबाट राहत पाएका हुन् ।
बेपत्तालाई सकुशल भेट्ने सम्भावना टरेको र ज्यान गएको निश्चित गरेपछि परिवारलाई एक लाख राहत र ४० हजार किरिया खर्च प्रदान गरिएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले बताउनुभयो ।
तावा खोलाको किनारमा रहेको नाम्खा दोभानस्थित खेतमा रोपाई गर्न गएका आमाछोरी परिमाया र समितालाई अस्थायी कटेरामा बास बसेकोबेला बाढीले बगाएको थियो ।
No comments: