दुई नयाँ आइफोन, नयाँ विशेषता...............
डिस्प्ले
आइफोन सिक्स एसको डिस्प्ले चार दशमलव सात इन्च तथा सिक्स एस प्लसको डिस्प्ले पाँच दशमलव पाँच इन्चको छ । दुवै नयाँ आइफोनमा थ्री डी टच फिचर छ । जसले स्क्रिन कतिको जोडले दबाइको छ
भन्ने थाहा हुन्छ । थ्री डी टचको प्रयोग गरेर आइफाने प्रयोगकर्ता एक एपबाट अर्को एपमा सजिलै जान सक्छन् । यसको माध्यमबाट आइफोनका एप चलाउन थप सजिलो र छिटो हुने एप्पलले जनाएको छ ।
क्यामरा
आइफोन सिक्स एस र आइफोन सिक्स एस प्लसमा १२ मेगापिक्सलको क्यामरा छ । यस्तै दुवै आइफोनमा पाँच मेगापिक्सलको फ्रन्ट क्यामरा छ । दुवै आइफोनले स्तरिय भिडियो रेकर्ड गर्न सक्छन् । नयाँ आइफोनले फोर के भिडियो रेकर्ड गर्ने छन् ।
अर्थात आइफोन सिक्स एस र सिक्स एस प्लसबाट 3840x2160 पिक्सल क्षमताको लाइभ तस्बिर सहितको भिडियो रेकर्ड गर्ने छन् । दुई नयाँ आइफोन अहिलेसम्मकै चलाउन छिटो र सजिलो आइफोन रहेको एप्पलले दाबी गरेको छ । एप्पलले यसपटक दुवै आइफोन सिल्भर, गोल्ड, स्पेस ग्रे र रोज गोल्ड रंगमा बजारमा ल्याएको छ ।
मूल्य
ठूलो आइप्याड र एप्पल टिभी
एप्पलले यसअघिको भन्दा ठूलो आइप्याड ल्याएको छ । एप्पलले ल्याएको नयाँ आइप्याड प्रोमा १२ दशमलव ९ इचको डिस्प्ले छ । जुन यसअघिका आइप्याड भन्दा ठूलो हो । नयाँ आइप्याड नोभेम्बरमा बजारमा आउने एप्पलले जनाएको छ ।
यसमा एकपटक चार्ज गरेपछि १० घण्टासम्म चलाउन सकिनेछ । यसको तौल जम्मा सात सय १२ ग्राम मात्रै छ । एप्पल टिभी पनि सार्वजनिक गरेको छ । एप्पल टिभीमा एप स्टोर र अपरेटिङ सिस्टम पनि हुने छ ।
No comments: