"2513058968709111" /> स्थानीय निकायको कानुनी र नीतिगत व्यावस्था पालना अनुगमन कार्यक्रम - अनिश शर्मा गैरे
Breaking News
recent

स्थानीय निकायको कानुनी र नीतिगत व्यावस्था पालना अनुगमन कार्यक्रम

 स्थानीय निकायको कानुनी र नीतिगत व्यावस्था पालना अनुगमन कार्यक्रम अन्तरगत जिल्ला स्तरिय अभिमुखिकरण गोष्टि सदरमुकाम तम्घासमा सम्पन्न भएको छ । एल जि एफ कार्यक्रमको आर्थिह सहयोग, एकिकृत ग्रामिण विकास समाज गुल्मीको सहजीकरण साथै जिल्ला विकास समितिको आयोजनामा सम्पन्न भएको थियो ।
      कार्यक्रममा यस बर्ष एल जि एफ कार्यक्रम संचालन हुने २२ गाविसको अवस्था, गत बर्ष संचालन भएका गाविसको समिक्षा र स्थितीको बिश्लेषण साथै कार्यक्रमलाई कसरी अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने बिषयमा कार्यक्रममा छलफल गरिएको थियो । कार्यक्रम स्थानीय विकास अधिकारी डिलाराम पन्थीको अध्यक्षता, एकिकृत ग्रामिण विकास समाजका कार्यकारी निर्देशक गणेश श्रीपालीको स्वागत तथा उत्तरदायी अधिकृत भगवती श्रीसको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रम अधिकृत ओम कार्कीले एलजिएफ कार्यक्रममको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा जिल्ला विकास समितिका योजना अधिकृत भत्तिराम मरासिनी, कार्यक्रम अधिकृत बिनोद मरासिनी, जिल्ला इन्जिनीयर सोमलाल तिमल्सेना, इन्जिनीयर नेत्र विक, एलजिसीडिपीका राजेन्द्र प्याकुरेल, एकिकृत ग्रामिण विकास समाजबाट संचालन भएको हेफर कार्यक्रमका लेखा प्रमुख शोभाखर गिरी, विभिन्न गाविसका गाविस सचिव, एलजिसीडिपी कार्यक्रम लागु भएका संस्थाका कार्यक्रम संयोजकहरु, पत्रकार लगायतको सहभागीता रहेको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.