"2513058968709111" /> आन्दोलनकारीद्वारा लखेटीलखेटी सशस्त्र प्रहरी असईको हत्या - अनिश शर्मा गैरे
Breaking News
recent

आन्दोलनकारीद्वारा लखेटीलखेटी सशस्त्र प्रहरी असईको हत्या


APF-logo-Final२५ भदौ, महोत्तरी । महोत्तरीमा आन्दोलनकारीले उपचारका लागि अस्पताल लैजाँदै गरेका सशस्त्र प्रहरी असईको हत्या गरेका छन् । एसपी धिरेन्द्र चन्दले घटनाको पुष्टि गरेका छन् ।
महोत्तरीमा शुक्रबार विहान आन्दोलनकारीको आक्रमणबाट असई थमनबहादुुर विक घाइते भएका थिए ।
उनलाई उद्धार गरी जिल्ला अस्पताल भर्न गरिएको थियो । थप उपचारका लागि अन्य प्रहरीसँगै एम्बुलेन्समा राखेर जानकपुर लैजाने क्रममा उनको हत्या भएको छ ।
एम्बुलेन्स मूल सडक छाडेर सहायक सडकबाट गएको थियो । भमरपुरा भन्ने स्थानमा पुगेपछि कल्भर्टमा अडि्कयो । प्रहरीलाई लैजाँदै गरेको सूचना पाएर आन्दोलनकारीले पछ्याइसकेको प्रहरीले पत्तो पाएन ।
कल्भर्टमा एम्बुलेन्स अडि्कको मौकामा आन्दोलनकारी पुगेपछि प्रहरीले भागे । तर, घरेलु हतियारसहित आएका आन्दोलनकारीले लखेटी लखेटी असई विकको हत्या गरेका छन् ।
आन्दोलनकारीले एम्बुलेन्समा आगो लगाएका छन् । विकको शव त्यहाँबाट झण्डै डेढ किलोमिटर हत्या गरिएको अवस्थामा भेटिएको छ ।

No comments:

Anish gaire. Powered by Blogger.