"2513058968709111" /> आज बुवाको मुख हेर्ने दिन,जीन्दगीमा कहिल्लै पनि निराश नबनाइ प्रगती पथमा उन्मुख गर्न सधै प्रयासरत सर्बोच्च देवता !!! - अनिश शर्मा गैरे
Breaking News
recent

आज बुवाको मुख हेर्ने दिन,जीन्दगीमा कहिल्लै पनि निराश नबनाइ प्रगती पथमा उन्मुख गर्न सधै प्रयासरत सर्बोच्च देवता !!!

अनिश गैरे, वामी गुल्मी ।।
12 sept / 2015 आज बाबुको मुख हेर्ने दिन ! आज मेरो बुवा झण्डै ६३ बर्षको भैसक्नुभयो । म जन्मिएर थाहा पाउने उमेरमा पनि उहाँ परदेशमै हुनुहुनथ्यो । म १६ बर्षको लाठे भैसक्दा सम्म पनि उहाँ परदेशमै बस्न बाध्य हुनुपर्याे । 
बल्ल डेढ बर्ष भयो उहाँँ घर बस्न थाल्नुभएको । मेरो दाजु कुशल कमाउन भन्दै बिदेश जानुभएको थियो, सोही अनुरुप छोरोको कमाईको आश गर्दै उहाँ घर बस्न थाल्नुभयो । जिन्दगीमा धेरै हार खाएका कुरा गर्नुहुन्छ उहाँले आफ्नो परदेशी जिबनमा । उहाँ भन्नुहुन्छ, अहिलेको जस्तो अबस्था मेरो बालापनमा भएको भए म कस्तो हुन्थे होला । पढ्ने अबसर पाउनुभएन । एक दिन सुनाउनुभएको थियो । 




“एक दिनको कुरा हो, मलाई पढ्न असाध्यै मन लागेको थियो, सोही अनुरुप म पाठशाला गाउको थियो लेख्ने पाटी सँगै । बेलुकी पढेर फर्कदा मन फुरुङ्ग थियो । तर‘।। तर बेलुकी आमा बुवाले यस्तो भन्नुभयो । “ तेरो आजको काम यही हो भन्दै भात खाने थालमा दिउँसो पाठ्यशाला लएर गएको पाटी थालमा दिनुभयो । ” यसो भन्दा उहाँका आखामा आशुको भाब पाउको थिए ।



फेरी थप्नुभयो । “ अर्कौ दिन बिहान ३ बजे उठेर घरका सबै काम गरेर ३ भारी पर्स्यौला, तथा ३–४ भारी घास काटेपश्चात बिहान निस्तो कोदाको रोटी खान पाएको थिएँ । धेरै दुख पाएको थिएँ छोरा सानो छँदा । त्यो समयमा ३ दिन सम्म भोकै समेत बस्न बाध्य भएको थिए । भोकै छु भनेर अरुका घरमा गएर आएको थाहा पाए घरबाट मार पाउने डर हुन्थ्यो, त्यसैले कहिले कहिले घर बाट अन्यत्र ढुङ्गामा पिठो मुछेर त्यही आगो बाली पातमा रोटी बनाएर खाएका अनुभब छन । 




तर त्यो पिठो पनि घरमा कसैले थाहा नपाउने गरी सुटुक्क लिएको थिएँ ” । १४ बर्षको उमेरमा भारतमा कमाउन भन्दै लाग्नुभएका मेरो बुवा आफु ६१ बर्षको उमेर सम्म कमाउन भन्दै घाम पानी नभनी काम गर्नुभयो, जिन्दगीमा तपाई सिकाएका पाठहरुलाई सम्बोधन गर्दै तपाईको सेबा गर्नेछु बुवा । आज म तपाईलाई आफुले सक्ने उपहार लिएर घर आउँदै छु बाबा , तपाईलाई भेट्न, बुवाको मुख हेर्ने दिन ।।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.