"2513058968709111" /> सञ्चारकर्मी तथा गायक थम्मन संगीतको क्षेत्रमा चम्किदै - अनिश शर्मा गैरे
Breaking News
recent

सञ्चारकर्मी तथा गायक थम्मन संगीतको क्षेत्रमा चम्किदै

Thamman Pariyarमहेश बोहरा गुल्मी भाद्र २९ ।
बि.स. २०५० साल आश्विन १ गते बाग्लुङ जिल्लाको पश्चिमी ग्रामिण क्षेत्र दगातुन्डाडा २ मा जन्मेका थम्मन परियारले आप्ःनो तेस्रो लोकदोहोरी गीत एल्वम “तिमी र म एका देशको मुख्य पात्र हो” आप्ःनो जन्म दिनको अवसर पारि आश्विन १ गते बजारमा ल्याउने भएका छन ।
२०६८ सालबाट सञ्चारको क्षेत्रमा प्रवेश गरेका परियार उत्कृष्ट सञ्चारकर्मीको रुपमा चिनिदै संगीतको इोत्रमा २०७० सालबाट प्रवेश गरेका हुन । सञ्चार र संगीतको क्षेत्रलाई अंगालेका परियारले यस क्षेत्रलाई अझै फराकिलो पादै लैजाने बताए । २०७१ सालमा पहिलो एल्वम स्वरुप आप्ःनै लय, शब्द सिर्जनामा “यो संसारको अभागी म नै रै छु नी” बोलको गीत बजारमा ल्याए पछि परियारले श्रोता तथा दर्शकको औधी माया पाए । त्यस लगत्तै उनले दाश्र्रो एल्वम “तिम्रो मुसल धारे पानी झै आँसु झर्ने छ ” बोलको गीत बजारमा ल्याए , त्यसबाट पनि श्रोता तथा दर्शकको माया संगालेका परियारले यो गीतको म्युजिक भिडियो आप्ःनै क्षेत्र दरम र बढीघाटको संगम स्थल खर्बाङ आसपासमा तयार पारे पछि श्रोता,दर्शकले अझै रुचाएको उनले बताए ।
फरक एक प्रसंगमा सबै गीत तपाईको वास्तबिक जिवनसँग मिल्छ रे भन्ने प्रश्नमा परियारले केही गम्भिर मुद्रामा बोले “मलाई प्रेमले कलाकार बनायो, त्यसैले केही मिल्न गएको होला ”। परियारको आप्ःनो वास्तबिक जिवनमा आधारित दुई वटा गीत निकै चर्चित बने र श्रोता, दर्शकले उत्तिकै रुचाए । अहिले तेश्रो एलवम स्वरुप “तिमी र म एका देशको मुख्य पात्र हो”बोलको गीत बजारमा ल्याउने तयारी गरेका परियारले त्यो गीतले पनि आप्ःनै वास्तबिकता बोलेको बताए । स्वरका धनि परियारले पछिल्लो पुस्तामा नयाँ नयाँ संगीतको स्वाद चाख्न रुचाए पनि लोकगीतमा विकृति रोक्नु पर्ने कुरामा जोड दिए । गीतमा भैरहेको पाइरेसी रोक्न सके संगीतबाट कलाकार बाँच्ने आधार बन्न सक्ने भने । कलाकार देशका गहना भए पनि चाँहिदा बाक्सबाट निकालेर लयााउने र नचाँहिदा थन्काउने जस्तो प्रवृदिको अन्त्य हुनु पर्ने कुरामा जोड दिए । पहिल्लो क्रममा कलाकारको बाँच्ने आधार स्टेस कार्यक्रम भए पनि त्यसमा बिभेद हुने गरेको बताए । आफुले पनि बिस्तारै स्टेस कार्यक्रम पाउन लागेको बताए ।
थम्मन परियारले आफुले संगीको क्षेत्रमा भर्रखर पाईला टेकेको र यसमा अझ धेरै संघर्ष गर्ने बाँकी रहेकेले आफु सफल नभएको भन्छन । उनले आफुलाई साथ र सहयोग गर्ने सहकर्मी, कलाकारको क्षेत्रमा प्रेरणा दिने घर परिवार सिवाईसी समुह साथी लाल सहयात्री परियार चित्र कार्की पोमलाल गिरी होम परयिार मनिशा गैह्रे प्रतिमा भुजेल महेश बोहोरा दिपा अर्याल सुकुना परियार लषमण बराल एवंम सबै प्रति खुलेरै आभार प्रकट गरे । पहिलो वैवाहिक सम्बन्ध असफल भएर धेरै चिन्तित बनेका परियार मार्मिक शब्द सिर्जना गर्न पुगेको बताँउ छन । सानै उमेरमा धेरै अप्ःठारा समस्या भोगेकोले आफुलाई समस्या संग जुध्न कठिन नहुने उनको भनाई छ । अहिले उनले दोश्रो बिवाह गरी सुखद दाम्पत्य जिवन ब्यातित गरेका छन । उनले तेश्रो गीतमा पनि आफुले धेरै मेहनत गरेको र यो गीतले पनि सबैको मन छुने भएकोले बजारमा आए पछि सुनेर माया गर्ने र प्रतिक्रिया दिन आप्ःना सबै प्रिय श्रोता, दर्शकलाई आग्रह गरे ।
सुपा देउराली म्युजिक कम्पनी मार्फत बजारमा आउन लागेको तेश्रो गीत “तिमी र म एका देशको मुख्य पात्र हो”, मा थम्मन परियार, पूर्णकला बुढाथोकीको सुमधुर स्वर रहेको छ । खिम बहादुर पुःनको उत्कृष्ट शब्द, निम संगीतको रियार्जको लयमा सजिएको परियारले एक कुराकानीमा जानकारी दिए । जसमा सानु मञ्जुको विशेष सहयोग रहेको उनले बताए । यस पछि पनि परियारका अन्य थुप्रै गीत बजारमा आउदै छन । दिलसरा काउछाको ठेट नेपाली कौँडा गीतमा पनि थम्मन परियारले स्वर दिएका छन, उक्त गीत पनि अब छिट्टै बजारमा आउदै छ । आशा गरौ परियारको तेश्रो गीत “तिमी र म एका देशको मुख्य पात्र हो”बजारमा आउने छ र श्रोता दर्शकको माया पाउने छ । थम्मन परियारको सांगीतिक जिवन सफल रहोस हाम्रो शुभकामना ।

No comments:

Anish gaire. Powered by Blogger.