"2513058968709111" /> गुल्मीको एक बिद्यालयको लागि अस्थायी भवन निर्माण - अनिश शर्मा गैरे
Breaking News
recent

गुल्मीको एक बिद्यालयको लागि अस्थायी भवन निर्माण

अनिश गैरे, वामी गुल्मी ।।
गुल्मीको एक बिद्यालयको लागी विदेशमा रहेको एक संस्थाले अस्थायी भवन निर्माण गरिदिएको छ । गुल्मी केयरविश्व संञ्जालले गुल्मीको अश्लेवा गाविसको वार्ड नं. ७ मा रहेको जनता उच्च माबिको लागि ५ कोठे अस्थायी भवन निर्माण गरिदिएको हो ।
गत बैशाखमा गएको भूकम्पले बिद्यालयको भवन भत्कीएपछि विद्यार्थीहरुलाई पठन पाठन गर्न असुविधा भएपछि बिद्यायलको लागि भवन निमार्ण गरिदिएको गुल्मी केयरबिश्व संञ्जालका अध्यक्ष मान बहादुर कुवँरले जानकारी दिनुभयो । बिद्यालयको अस्थायी भवन निमार्ण गर्न संञ्जालका सदस्य चेच रिपब्लीकमा रहनुभएका जितेन्द्र रायमाझीले १ लाख, ५३ हजार आर्थिक सहयोग गनुभएको थियो । संञ्जालले बिद्यालयको अस्थायी भवन निमार्ण गर्न टिन लगायत बिभिन्न सामाग्रीको सहयोग गरेको अध्यक्ष कुवँरले जानकारी दिनुभयो ।
बिद्यालयको अस्थायी भवन निर्माण भएसगै अहिले बिद्यालयले पठन पठान सुचारु गरेको बिद्यालयले जनाएको छ ।

No comments:

Anish gaire. Powered by Blogger.