"2513058968709111" /> रेडियो पुष्पाञ्जलीलाई सहयोग । - अनिश शर्मा गैरे
Breaking News
recent

रेडियो पुष्पाञ्जलीलाई सहयोग ।

अनिश गैरे, वामी गुल्मी ।।
ग्रामिण क्षेत्रका जनताहरुलाई सुसचित गर्नै उद्धेश्यका साथ सञ्चालीत भएको यस सामुदायिक रेडियो पुष्पाञ्जलीलाई काठमाण्डौमा रहेको सहयात्री रेडियो नेपालबाणी नेटवर्कले झण्डै १ लाख पचास हजार बराबरको रेडियो सामग्री सहयोग गरेको छ ।  आफ्नो पाँचौ बर्ष प्रबेशको अबसरमा रेडियोले ग्रामिण क्षेत्रमा रहेर जनतालाई सुचना तथा सञ्चारको प्रत्याभुती गराएको भन्दै देशभरिका रेडियोहरुमध्ये उत्कृष्ट ठान्दै एउटा मिक्सचर बक्स र कम्प्युटर सहयोग गरेको हो । बार्षिकोत्सबको अबसरमा नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेल तथा सुचना एबम सञ्चारमन्त्री डाक्टर मिनेन्द्र रिजालले सोही सहयोग सामग्री तथा सम्मान पत्रले यसै रेडियोका कार्यकारी प्रमुख कौरब खत्रीलाई सम्मान गर्नुभएको थियो । यसैबिच रेडियोका अध्यक्ष सुदर्शन शाक्यले यो गुल्मीकै सञ्चार जगतको लागी सफलता भएको बताउनुभयो । सोही सहयोगले निकै समस्या सँग गुज्रिदै आएको यस रेडियोलाई निकै ठुलो राहात मिलेको छ । सहयोगी रेडियो नेपालबाणी प्रति रेडियोका कार्यकारी प्रमुख खत्री, अध्यक्ष शाक्य तथा सञ्चालक समिति, शेयर सदस्य लगायत रेडियो प्रेमीहरुले आभार ब्यक्त गरेका छन । सोही सामग्रीले रेडियो सञ्चालनम निकै सहजता हुने भएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.