"2513058968709111" /> रेडियो पुष्पाञ्जलीको दर खाने कार्यक्रम - अनिश शर्मा गैरे
Breaking News
recent

रेडियो पुष्पाञ्जलीको दर खाने कार्यक्रम

अनिश गैरे। वामी गुल्मी ।।
भदौ २९ गते ।।
सामुदायिक रेडियो पुष्पाञ्जलीले कर्मचारी, सञ्चालक समिति बिच दर खाने कार्यक्रम सम्पन्न गरेको छ ।
रेडियोका भबनमा आयोजित बिशेष समारोहका साथ दर खाने तथा नाचगान कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा रेडियोका अध्यक्ष सुदर्शन शाक्य लगायत सञ्चालक समिति, रेडियोका कार्यकारी प्रमुख कौरब खत्री लगायत कर्मचारीहरु, महेन्द्र आदर्श उमाबि वाम्ीका प्राचार्य भिमलाल सापकोटा, सहायक प्रँचार्य टिकाराम खराल तथा अन्य शिक्षकहरु, बजारबासी स्थानीय महिला दिदिबहिनीहरुको उल्लेखनीय सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै
 रेडियोका अध्यक्ष शाक्यले हिन्दुहरुको महान पर्वको शुभकामना दिदै यस्ता कार्यक्रमहरुले मानिसहरुलाई एकतामा बाध्न सफल हुने बताउनुभएको थियो । त्यस्तैगरी

 उहाँले रेडियोले यस्ता कार्यक्रमहरु अझै थप ब्यबस्थित गर्दै जाने बताउनुभएको थियो । यसैबिच अन्य सहभागीहरुले पनि यस्ता कार्यक्रमले मनमा रहेका पिडा बेदनहरु समेत कम गर्न सकिने बताएका थिए ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.