आन्दोलनकारीद्वारा अर्घाखाँची सिमेन्ट उद्योगमा तोडफोड...
२४ भदौ, भैरहवा ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले रुपन्देहीको मैनैया गाविसस्थित अर्घाखाँची सिमेन्ट उद्योगमा तोडफोड गरेका छन् ।
बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले तोडफोड गरेका हुन् । गार्डरुमको सीसा फुटेका छन् भने सीसीटिभीमा पनि क्षति पुगेको उद्योग प्रशासनले जनाएको छ ।
आन्दोलन कडा
थरुहट र मधेसी मोर्चा मिलेर आन्दोलनलाई कडा पारेका छन् । यसअघि भैरहवा-लुम्विनी सडकखण्डमा पर्यटकका गाडीहरुलाई प्रहरीले स्कोटिङ गरेर सञ्चालन गरे पनि विहीबार भने ठप्प छ । प्रदर्शनकारीले बिभिन्न स्थानमा सडक अबरुद्ध पारेर प्रदर्शन गरिहेका छन् ।
No comments: