"2513058968709111" /> नेपालवाणीको ५ औं बार्षिकोत्सव मनाइदै ।।।।। - अनिश शर्मा गैरे
Breaking News
recent

नेपालवाणीको ५ औं बार्षिकोत्सव मनाइदै ।।।।।

 शान्ति, लोकतन्त्र र विकासका लागि भन्दै २०६७ साल भदौ ३० गते दर्ता भएको नेपालवाणी नेटवर्कले आज आफ्नो पाँचौ बार्षिकोत्सव मनाउदै छ । केही समयमा परिक्षण प्रसारणसंगै २०६८ साल भदौ २४ गते देखि नियमित प्रसारण सुरु गरेको दिनको संझनामा आज बार्षिकोत्सव मनाउन लागिएको हो । 
राजधानीमा रेडियो उपत्यका ८७.६ मेगाहर्ज सहित देशभरका झण्डै ६ दर्जन स्थानिय रेडियोहरुसंग सहकार्य गरीरहेको नेपालवाणी नेटवर्कले हरेक दिन विहान साढे पाँच बजेदेखि राती सवा १० बजे सम्म समाचार बुलेटिन र कार्यक्रमहरु प्रसारण गर्दै आईरहेको छ । नेपालवाणी नेटवर्कमा हरेकदिन विहान साढे ५ बजे देखि सवा ६ बजे सम्म पत्रपत्रिकाको संगालोकारुपमा प्रभातवाणी प्रसारण हुन्छ भने विहान ८, १०, मध्यान्न १२, दिउँसो २ र ४ बजे छोटो बुलेटिन वाणीखवर प्रसारण भईरहेको छ । मनमइदै त्यसैगरी विहान ९ र ११, दिउँसो १ र ३, साँझ ५, ६ र ८ बजे तथा राती १० बजे राष्ट्रिय खवर प्रसारण हुने गरेको छ । हरेक दिन बिहान सवा ६ बजे देखि ७ बजे सम्म प्रसारण हुने बाणीवहस र साँझ साढे ७ बजे देखि ८ बजे सम्म प्रसारण हुने घटना र विष्लेशण नेपालवाणी नेटवर्कका लोकप्रिय कार्यक्रमहरु हुन । नेपालवाणी नेटवर्कको पाँचौ बार्षिकोत्सवकका अवसरमा नेटवर्कका अ
ध्यक्ष खुमाप्रसाद अर्याल, प्रवन्ध निर्देशक रविन्द्रकुमार रिजाल शशी र समाचार निर्देशक दामोदार प्रसाद दवाडीले श्रोता, सुवेच्छुक, विज्ञापनदाता लगायत सवै प्रति हार्दिक धन्यवाद दिदै आगामी दिनमा थप सहयोग र बलियो सहकार्यको अपेक्षा गर्नुभएको छ । उहाँहरुले शान्ति, लोकतन्त्र र विकासका लागि नयाँ नयाँ प्रस्तुतीहरु सहित थप शसक्त आवाज उठाउने अठोट पनि व्यक्त गर्नु भएको छ । बार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री सुशील कोइरालाको प्रमुख आतिथ्यता र सवै दलका शिर्ष नेताहरुको आतिथ्यतामा आज विषेश समारोहको आयोजना पनि गरिएको छ ।



No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.