खेलकुद बिकास समितीका अध्यक्षलाई स्वागत
अनिल खत्री,गुल्मी साउन २१।
जिल्ला खेलकुद बिकास समिती गुल्मीको अध्यक्षमा कृष्ण भण्डारी लाइ राष्ट्रिय खेलकुद परिषदले नियुक्त गरेपछी एक कार्यक्रमका बिच स्वागत तथा बिद्याई कार्यक्र सपन्न भएको छ । बिहिवार जिल्ला खेलकुद बिकास सतिमीती गुल्मीले एक कार्यक्रको आयोजना गरी नव नियुक्त अध्यक्ष सहितको समितीलाई स्वागत तथा निर्वतमान समितीलाई बिद्याई कार्यक्रम सपन्न भएको छ ।
जिल्ला खेलकुद बिकास समिती गुल्मीको अध्यक्षमा कृष्ण भण्डारी लाइ राष्ट्रिय खेलकुद परिषदले नियुक्त गरेपछी एक कार्यक्रमका बिच स्वागत तथा बिद्याई कार्यक्र सपन्न भएको छ । बिहिवार जिल्ला खेलकुद बिकास सतिमीती गुल्मीले एक कार्यक्रको आयोजना गरी नव नियुक्त अध्यक्ष सहितको समितीलाई स्वागत तथा निर्वतमान समितीलाई बिद्याई कार्यक्रम सपन्न भएको छ ।
निर्वतमान अध्यक्ष गोबिन्द बिकको अक्षतामा सपन्न कार्यक्रमले नव नियुक्त अध्यक्ष कृष्ण भण्डारी, कोषाध्यक्ष कृष्ण बिश्वकर्मा, सदस्यहरुमा महेश काउछा, मनोज काउछा,नविन कक्षपतीलाई स्वगत गरिएको हो । जिल्ला खेलकुद बिकास समिती गुल्मीका अध्यक्ष गोबिन्द बिक को यहि असार १ गतेबाट कार्यकाल सकिएको थियो । कार्यकाल सकिएपछी अध्यक्षमा परिषदले भण्डारीलाई नियुक्ती दिएको छ । निर्वतान उपाध्यक्ष समेत रहेका भण्डारीलाई राष्ट्रिय खेलकुद परिषदले अधक्ष्य पदमा चार बर्षको कार्यकाल रहनेछ छ । सोहि कार्यक्रममा निर्वतमान अध्यक्ष गोबिन्द बिक सहितको समितीलाई नव नियुक्त कार्यसमितीले बिद्याई गरेको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरे, नेपाली कांग्रस जिल्ला सचिव छन्द पहराई, नेकपा एमले जिल्ला कार्यबाहक अध्यक्ष मधुकष्ण पन्त, माओवादी गुल्मीका इन्चार्ज बिरबहादुर कार्की,खेलकुद बिकास समिती पुर्व अध्यक्ष अध्यक्ष अनुप श्रेष्ट, पत्रकार महासंघ गुल्मीका सचिव ताराप्रसाद भुसाल लगायतले नव नियुक्त समितीलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।
कार्यक्रममा बोल्दै नव नियुक्त अध्यक्ष कृष्ण भण्डारीले गुल्मी जिल्लाको र मुलुकलाइ नै हित हुने गरि खेलकुद क्षेत्रमा बिगतमा भएका कमि कमजोरीलाइ सच्च्याउदै अघि बढने बताए । गुल्मी जिल्लाको खेलकुदलाइ बिकास गर्दै लैजाने र कुनै पनि भेदभाब बिना निस्पक्ष रुपले अनुशासित खेलाडीहरु उत्पादन गरेर देश विदेशमा गुल्मी जिल्लालाइ चिनाउदै आफ्नो आफ्नो कार्यकालमा निर्बाह गर्ने कुरा अधक्ष्य भण्डारीले बताए ।
कार्यक्रम निर्वतामन खेलकुद बिकास समितीका अध्यक्ष गोबिन्द बिकको अध्यक्ष प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रमुखहरुको सहभागिता रहेको कार्यक्रम खेलकुद प्रर्शिक्षक उमेस गुरुङ्गको स्वागत र सदस्य गिरीमहाकिमको संञ्चालन रहेको थियो ।
No comments: