"2513058968709111" /> बिपन्न बिद्यार्थीलाई आर्थिक सहयोग - अनिश शर्मा गैरे
Breaking News
recent

बिपन्न बिद्यार्थीलाई आर्थिक सहयोग

पाल्पा, साउन २१।
पाल्पा हुँगी घर भई हाल कतारमा रहनुभएका सामाजिक युवा इश्वर काफ्लेले आफ्नो जन्मदिनको अवसरमा पाल्पा समाचारपत्र साप्ताहिक मार्फत उपलब्ध गराउनुभएको २० हजार २० रुपियाँ पाल्पाका ४ जना गरिव बिद्यार्थीहरुलाई आर्थिक सहयोग स्वरुप उपलब्ध गराइएको छ ।11
उक्त रकमबाट बिष्णुु उच्च मावि पोखराथोकमा कक्षा २ मा पढ्ने रेशम सूर्यवंशी, पाल्पा आवासियमा कक्षा ६ मा पढने नलिना भण्डारी र युकेजीमा पढ्ने दिवाकर भण्डारीलाई जनही ५ हजार ५ रुपियाँका दरले उपलब्ध गराइएको छ । सहयोग रकम बुझ्दै नलिना भण्डारीले उक्त रकमले आफूलाई आवश्यक पर्ने कापी किताव झोला र जुत्ता किन्ने बताउनुभयो ।
बाँकी रहेको ५ हजार ५ रुपियाँ सरस्वती मावि जल्पामा कक्षा ६ मा पढ्ने महेश कोइरालालाइृ उपलब्ध गराइने पाल्पा समाचारपत्र साप्ताहिकका सम्पादक यज्ञमूर्ति तिमिल्सिनाले बताउनुभयो । पत्रिकाका सम्पादक यज्ञमूर्ति तिमिल्सिना र कार्यकारी सम्पादक टीकाराम बस्यालले संयुक्त रुपमा उक्त रकम हस्तान्तरण गर्नुभयो ।
पोखराथोक स्थित बिष्णु उच्च माविमा सहयोग हस्तान्तरण गर्ने क्रममा बोल्दै बिद्यालयका प्रधानाध्यापक नारायण ढकालले यस प्रकारको सहयोगले विपन्न समुदायका बिद्यार्थीलाई धेरै सहयोग हुने बताउँदै सहयोगी दातालाई धन्यवाद दिनुभयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.