"2513058968709111" /> गायक सन्तुलाई मञ्जुले मुखैले ठिक्क बनाएपछी-तिजी गीत बजारमा - अनिश शर्मा गैरे
Breaking News
recent

गायक सन्तुलाई मञ्जुले मुखैले ठिक्क बनाएपछी-तिजी गीत बजारमा

अनिल खत्री गुल्मी साउन २१ ।
आफै पनि जानी , भन्नै सकिन, नजिक सरेको, कानैमा झुकना, आउन ओर ओर, सालैजो, कौडा गितको एल्वम निकालेर दर्सक श्रोताको मायाँ वटुल्दै आएका गायक सन्तु थापाले यस वर्षको तिजमा पनि नयाँ गित सार्वजनिक गरेका छन् । गुल्मी जिल्लाको तम्घासमा जन्मेर साँगितिक यात्राा लागेका गाएक थापाले पछिल्ला केहि वर्ष यता निरन्तर गित निकाल्दै आएका छन् ।10400870_258581831015121_6562707573297913260_n
लोक तथा दोहोरी गीतमा फरक प्रस्तुती दिंदै आएका गायक सन्तु थापाले यस वर्षको तिजमा पनि आफनो तिज गितको कोसेली सार्वजर्निक गरेका छन् । चर्चित गायीका मञ्जु पौडेल र गायक सन्तु थापाको स्वरले सजिएको “मुखैले ठिक्क बनायौ” नामक तिज गीत बजारमा आएको छ । हिन्दु नारीहरुको मुख्य चाड हरितालीका पर्व नजिकिंदैजाँदा कलाकारहरुलाई तिजको चटारो सुरु भई सकेको छ । तीज केहि समय बाकी रहेता पनि कलाकारहरुलाई भने तीजको चहलपहल शुरु भैसकेको हो ।
कलाकारहरु यतिबेला अन्य बाहिरी कार्यक्रममा भन्दा नयाँ तीज गीत रेकर्ड गर्ने र म्युजिक भिडियो बनाउन व्यस्त हुनाले तिजको रझमले छोएको छ । गितमा युवा र युवती वीचको प्रेम र वेईमानीको कथामा आधारित उक्त गीत बजारमा आएको गायक तथा गितका निर्माता सन्तु थापाले बताए । तिजको बेलामा भेटन बोलाउदा भेटन नआउनु भनेको कुरा पुरा नगर्नु खाली मुखले मात्र ठिक्क पारेका कथा कस्तु रहेको गित सुन्न सकिने बताए ।manju
आषिश म्यूजिक प्रालीले बजारमा ल्याउएको गित चर्चित शब्द संकलक नेत्र अर्यालको शब्द र खेम सेञ्चुरीको लय रहेको छ । गीतमा चर्चित डान्सर शंकर बिसी र डान्सर रश्मी तामाङ्द्वारा अभीनय गरिएको उक्त गीतको नृत्य निर्देशन शंकर विसिले गरेका छन् भने छायांकन राजेश घिमिरेले गरेको गायक सन्तु थापाले वताए ।केहि दिन पहिले गीतको भिडियो गुल्मीको सदरमुकाम तम्घास धागिथुम स्थित भगवती मन्दीरमा छायांकन गरिएको हो ।
गीतमा चर्चित डान्सर शंकर बिसी र डान्सर रश्मी तामाङ्द्वारा सहित गुल्मी जिल्लाका बिभिन्न महिलाहरुको पनि प्रस्तुति रहेको थापाले बताए । गुल्मीको ऐतिहासिक तथा पर्यटकिय स्थल तम्घासको धागिथुम मन्दीरमा तयार गरिएको भिडियो नयाँ शव्द र अहिलेका पिडिलाई समेटने विषय वस्तुलाई आधार बनाएर बजारमा आएको गित र भिडीयोले श्रोताहरुको माया बटुल्ने बताए ।manjuu
लामो सय देखि गित संगीत मार्फत दर्सक श्रोतालाई आफनो प्रस्तुति दिदै आएका गायक थापाले यस वर्षको तिजमा पनि आफनो एल्वमा सार्वजनिक गरेका हुँन । निरन्तर गित संगितमा लागेर आफनो जिवनलाई सांगितिक यात्रामै जिवन बिताउने गायक थापाको भनाई छ । लोक तथा दोहोरी, लोक पप, तथा तिजका गित गरी आदा दर्जन भन्दा वढी बजारमा आएका छन् । नेपाला हुँने बिभिन्न महोत्सव तथा कार्यक्रमहरुमा व्यस्त रहने गायक थापा तिजको पर्व नजिकिदै गर्दा पनि बिभिन्न कार्यक्रमहरुमा निमन्त्रण आउँन थालेको बताए ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.