"2513058968709111" /> खोलामा माछा मार्ने क्रममा वेपत्ता मुसीकोटका एक व्यक्तिको ६ दिन पछि शव फेला ।। - अनिश शर्मा गैरे
Breaking News
recent

खोलामा माछा मार्ने क्रममा वेपत्ता मुसीकोटका एक व्यक्तिको ६ दिन पछि शव फेला ।।

अनिश गैरे, वामी गुल्मी ।।
गुल्मीको मुसिकोट गाँउ विकास समिति वडा नं. ६ भmरुवा निवासी ५८ बर्षीय बल बहादुर कुमाल  ६ दिन पछि मृत अवस्थामा फेला परेको छन । ६ दिनपछि उनी आज रुरु गाबिस अन्तर्गत पर्ने बढिगाड खोलाको तिरमा मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख हिमालय कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उनी गत साउन १४ गते बेलुकी करिव १० बजे तिर बडिगाड खोलामा डडिया लिएर माछा मार्न हिडेका थिए । हराएको यतीका समय भइसक्दा पनि नभेटिदा स्थानीयहरुले शोक प्रक्ट गरिरहेका थिए । शवको पहिचान गरि पोस्र्टमाटम पछि शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.