"2513058968709111" /> बलिको नाममा भएको हत्याको प्रतिबेदन सार्वजनिक ।। - अनिश शर्मा गैरे
Breaking News
recent

बलिको नाममा भएको हत्याको प्रतिबेदन सार्वजनिक ।।

१८ श्राबण  ।।
बालहिंसाविरुद्ध क्रियाशील राष्ट्रिय कार्य समन्वय समूहले गरिबी, चेतनाको कमी र रुढीगत मान्यताकै आधारमा नवलपरासीमा बालकको हत्या भएको प्रतिवेदन सार्वजनिक गरेको छ । आज सार्वजनिक गरेको प्रतिवेदनमा नवलपरासीको गुडिया–५ मर्चहवामा रुढीगत मान्यताकै आधारमा निर्दोष बालकको हत्या भएको उल्लेख छ । बालबालिकाको क्षेत्रमा कार्यरत विभिन्न संघ–संस्था, मानवअधिकारकर्मी, पत्रकारसमेत रहेको अनुगमन समूहका संयोजक कृष्ण सुवेदीले ‘तन्त्र मन्त्रको अभ्यास सिद्धि प्राप्त गर्ने उद्देश्यले क्रुर र वर्वर अपराध भएको’ बताउनुभयो । यही श्रावण ५ गते छिमेकी कोदइ चमारले तान्त्रिक पेशामा सिद्धि प्राप्त गर्नका लागि १० वर्षीय बालक जीवन कोहारको हत्या गरेका थिए । प्रहरीले घटनामा संलग्न ११ जनालाई पक्राउ गरेको छ । प्रतिवेदनमा घटनाका पीडितलाई मनोपरामर्श कक्षा सन्चालन गर्नुपर्ने, बालबालिकालाई भयरहीत वातावरणमा विद्यालय जान प्रोत्साहन गर्नुपर्ने र राजनीतिक तवरले दोषीलाई उन्मुक्ति दिन नहुने सुझाव दिइएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.