"2513058968709111" /> बाँदरले बारीको मकै खाईदिएपछि पाल्पाका किसान गुहार माग्दै प्रशासनमा ।। - अनिश शर्मा गैरे
Breaking News
recent

बाँदरले बारीको मकै खाईदिएपछि पाल्पाका किसान गुहार माग्दै प्रशासनमा ।।

१८ श्राबण  ।।
बाँदरले बारीको मकै खाईदिएपछि पाल्पाका किसान गुहार माग्दै जिल्ला प्रशासन कार्यालय धाएका छन् । जिल्लाको चापपानी गाविसका किसान बाँदरले बारीमा रहेको मकै खानुका साथै भाँचेर लथालिङ्ग बनाएपछि प्रशासन धाउन बाध्य भएका हुन् । चापपानीको वडा नं. ५ लाडाँडा, यम्घाको वजादी लगायतका ठाउँमा ठूलो संख्यामा बाँदरको हुल नै आएर खेतबारीमा रहेको खेतिनै नष्ट गरेको स्थानिय तुलसा भट्टराईले गुनासो गर्नुभयो । छप्पकै बारीनै ढाक्नेगरी ६÷७ सयको संख्यामा बाँदरको हुल आएर बारीमा रहेको मकै खान्छन उहाँले भन्नुभयो कतिपय बाँदरले त घरभित्रै पसेर पनि लैजाने गर्छन । भट्टराईले घरभित्र पसेर केहि चो¥यो भने मान्छेलाई कारवाही हुने तर बाँदरलाई केहि गर्न नमिल्ने भन्दै गुनासो पोख्नुभयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.