पर्बतमा रहेको ऐतिहासिक धार्मिकस्थल गुरुसाङ्बै ओझेलमा ।।
१८ श्राबण ।।
मुस्ताङको कोवाङ–९ मा रहेको ऐतिहासिक धार्मिकस्थल गुरुसाङ्बै गुफा प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ ।
धौलागिरि हिमालको फेदी पहाडको बीचमा रहेको यो गुफामा बौद्ध धर्मगुरुले तपस्या गरी ज्ञान हासिल गरेको ठाउँका रुपमा चिनिन्छ । ऐतिहासिक र प्राकृतिक सम्पदाले भरिपूर्ण यो गुफा आवश्यक प्रचारप्रसारको अभावमा अहिले ओझेलमा परेको धौलागिरि युवा क्लब कोवाङका पूर्वअध्यक्ष कृष्णकुमार शेरचनले बताउनुभयो ।
पहाडको बीचमा माथिबाट खसिरहने हिम नदीको छहरा हुँदैभित्र पसेपछि गुरुसाङ्बै गुफा भेटिन्छ । चट्टानभित्रको गुफामा बाघको हात, कछुवाको मुख, हात्तीको सुँड, पानी पिउने खुम्पा, गुरु ढुक्छु, पैतला लगायतको दुरुस्तै आकृतिको चित्र देखिन्छ ।
त्यस्तै, बौद्ध धर्मगुरु रिम्पोछेले समेत करिब चार हजार वर्ष पहिले तपस्या गरेका ठाउँ सुरक्षित रहेको गुफामा ज्ञान आर्जनका लागि बस्दै आउनुभएका गुरु साङपुक लामाले बताउनुभयो ।
उहाँका अनुसार अहिले यस ठाउँमा दुईवटा गुफा रहेका छन् । पहिलो गुफालाई धर्मगुरु रिम्पोछे र दोस्रोलाई डोल्माको गुफा भनेर नामकरण गरिएको छ । पहिलो गुफाको अन्त्य भागसम्म पुग्न धेरै लामो समय लाग्छ । दोस्रो गुफा ८० मिटर लामो रहेको र त्यहाँभित्र साना–साना १०८ वटा पानीको ताल रहेको स्थानीय जानकारहरु बताउँछन् ।
हजाराँै वर्ष पहिले विभिन्न बौद्ध धर्मगुरुले यस गुफामा आएर तपस्या गरी ज्ञान हासिल गरेको हुँदा पछिल्लो समय नेपालको साथै विश्वका विभिन्न देशबाट जिज्ञासुहरु अध्ययन र दर्शनका लागि आउन थालेको कोवाङका स्थानीयवासी इन्द्रसिंह शेरचनले बताउनुभयो ।
प्रचुर धार्मिक पर्यटनको सम्भावना बोकेको यस गुफामा श्रद्धालुजनको सुविधाका लागि अहिले पदमार्ग, प्रतीक्षालय लगायतका पूर्वाधार निर्माण सुरु गरिएको छ । यस गुफामा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने र सुखशान्ति प्राप्ति हुने जनविश्वास रहेको छ ।

No comments: