नवलपरासीमा छुट्टा–छुट्टै दुर्घटनामा दुईको मृत्यु, २१ घाईते ।।
१८ श्राबण ।।
पूर्वपश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको दुई छुट्टा–छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । अन्य २१ जना घाईते भएका छन् । इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार नेपालगञ्जबाट काठमाण्डौंका लागि छुटेको ना ५ ख ६१३५ नम्बरको बस र विपरित दिशातर्फ गुडिरहेको ना ५ ख ९१०० नम्बरको ट्रक गौडाकोट–९ थुम्सी नजिकै बिहान एक आपसमा ठक्कर खादा बसमा सवार एक जनाको घटना स्थलमै मृत्यु भएको हो । मृतकको परिचय नखुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य २० जना घाईते भएका छन् । घाईते मध्य एक जनाको अवस्था गम्भीर र अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाईते सबैलाई उपचारका लागि चितवन लगिएको छ ।
यस्तै नवलपरासीको दाउन्ने घिउ खोला नजिकै गएराति भएको आर्को सवारी दुर्घटनामा एक जना भारतिय नागरिकको मृत्यु भएको छ । प्रहरीका अनुसार भारतिय गाडी ब्रेक फेलभई खोल्सामा खस्दा चालक भारतिय नागरिक ५० बर्षीय मोहमद अदिसानको घटना स्थलमै मृत्यु भएको हो ।

No comments: