"2513058968709111" /> दलितले उत्पादन गरेको दुध बिक्री भएन ।। - अनिश शर्मा गैरे
Breaking News
recent

दलितले उत्पादन गरेको दुध बिक्री भएन ।।

२२ साउन, गुल्मी ।।
सार्वजनिक मात्रै होइन निजी स्थानहरूमा पनि जातीय भेदभाव गर्न पाइँदैन् । तर बम्घाको दमार गाउँमा दलितहरूले उत्पादन गरेको दुध घ्यू दलित भएकै कारणले नबिक्ने गरेको बताउँछन् । झण्डै २५ घर परिवार दलित बस्ति रहेको उक्त गाउँमा अरु सबै बाहुन क्षेत्रीहरू भएको र आफूहरूले उत्पादन गरेको दूध घीउले बजार नपाएको उनीहरू गुनासो गर्छन् । बम्घा(६ की ३५ सीता विकले भनिन् हामीले उत्पादन गरेको दुग्धजन्य पदार्थ बिक्री हुँदैन । गाउँघरमा मात्रै होइन दूध डेरीले पनि दलितसँग किन्दैनन् । उत्पादन भएको दूध घ्यू बिक्री हुने हो भने गुजारा चलाउन सजिलो हुनेसमेत उनीहरू बताउँछन् । बाहुन क्षेत्रीहरू एउटै टेबलमा बसेर चिया त खाँदैनन बम्घा(६ कै यशोदा विकले भनिन् । बाहुन क्षेत्रीहरूले सोझै दलितले ल्याएको खाँदैनौँ नभने पनि अप्रत्यक्ष रूपमा त्यस्तो व्यवहार देखाउने गरेको उनीहरूको भनाइ छ । बम्घा(६ को दमार गाउँमा रहेका २५ परिवार दलित बस्तीले वर्षौँदेखि यस्तो समस्या भोग्दै आएको छ । बम्घा गाविसका सचिव प्रेमराज खनालले दमार गाउँमा पशुपालनको ठूलो सम्भावना भएको भए पनि छुवाछूतको समस्याले केही असर गरेको बताए । पहिले गाउँमा दलितहरूलाई दास बनाएर बसेकाहरूले अहिले उनीहरूसँगको समान अस्तित्व स्वीकार गर्न नसकेको खनालको भनाइ छ । दलित अधिकारकर्मी गजाधर सुनार यस समस्यालाई छुवाछूत र विभेदकै विषय भएको बताउँछन् । उनले आफूले पहिलो पटक यस्तो समस्याको बारेमा सुनेको बताउँदै यस्ता समस्याहरूलाई कानुनी रुपमै समाधान गर्नुपर्ने बताए ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.