"2513058968709111" /> गुल्मी जिल्ला यु.के. समाजद्धारा एम्वुलेन्सका लागि सहयोग - अनिश शर्मा गैरे
Breaking News
recent

गुल्मी जिल्ला यु.के. समाजद्धारा एम्वुलेन्सका लागि सहयोग

प्रेम सुनार
गुल्मी। साउन–२२ ।  जिल्ला यु.के .समाजले आज जिल्लाको पिपलधारा   गाविसलाई एम्वुलेन्स सेवा सञ्चालनका  लागि  एक  लाख  रुपैयाँ सहयोग हस्तान्तरण  गरेको छ । वेलायतबाट आएका समाजका उपाध्यक्ष केशव भण्डारी र कानुनी सल्लाहकार चेतनाथ खनालले  आज  तम्घासमा  एक समारोहका विच पिपलधारा चौतरी सम्पर्क समिति विश्व सञ्जाललाई हस्तान्तरण गरेका हन् ।
     प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेको रोहवरमा हस्तान्तरण गरिएको  उक्त सहयोग प्रति प्रमुख जिल्ला अधिकारी गैरेले आभार प्रकट गर्दै थप सहयोगको अपिल समेत  गरेका थिए । उनले भने–‘ गुल्मी जिल्ला  युके समाजले यस जिल्लामा धेरै सहयोग भित्राएको छ । यसर्थ मेरै कार्यकालमा पिपलधारावासीले एम्वुलेन्स सेवा पाउन भन्ने चाहना छ त्यसका लागि समाज संग थप सहयोगको  अपिल समेत गर्दछु ।’
 कार्यक्रमका  विशेष अतिथीद्धयः उपाध्यक्ष भण्डारी र सल्लाहकार खनालले जिल्लाको स्वास्थ्य, शिक्षा  क्षेत्रको विकासमा र प्राकृतिक विपत तथा मानिविय उद्धारको क्षेत्रमा समाजले काम गर्दै आएको र थप सहयोग भित्राउन क्रियाशिल रहेको बताएका थिए ।
   समाजले हाल सम्म जिल्लामा डेढ करोड भन्दा बढि सहयोग गरेको छ । जिल्लावासी भुकम्प पिडितहरुलाई ५ लाख र देशभरका भुकम्प पिडितहरुलाई प्रधानमन्त्री राहत कोषमा ५ लाख सहयोग गरेका छ । वेलायतको क्यामव्रिज शहरको  नेपाली वस्ती पिटरवेज भन्ने एरियाका  अध्यक्ष समेत रहेका भण्डारीले त्यहाँका नेपालीहरुबाट संकलन भएको रकम मध्ये  यसै नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री शुसिल कोईरालामार्फत भुकम्प पिडितहरुलाई ५ लाख रुपैयाँ सहयोग हस्तान्त्रण गरेका थिए ।
  हस्तान्तरा कार्यक्रममा निमित्त स्थायि विकास अधिकारी भक्तीराम मरासीनी,  प्रहरी नायव उपरिक्षक हिमालयकुमार श्रेष्ठ, जिल्ला जन स्वास्थ्य अधिकृत रामचन्द्र पाठक, नेपाल पत्रकार महासंघका सचिव तारा भुसाल, नेपाल रेडक्रश  सोसाईटी जिल्ला शाखा सभापति अनुपकुमार श्रेष्ठ, आशा  अपाङ्ग केन्द्रकी प्रवन्धक गंगा रायमाझी, तम्घासकी समाज सेवि महिला अमृता थापा लगायतको सहभागिता रहेको थियो ।
   कार्यक्रममा सहयोगी संस्थाका प्रतिनिधी भण्डारी र खनाललाई  पिपलधारा सम्पर्क  समिति विश्व संञ्जालले  सम्मान समेत गरेका थिए । कार्यक्रममा पिपलधारावासीको तर्फवाट समाजका सल्लाहकार हरिबहादुर थापाले गुल्मी जिल्ला यु.के. समाजलाई धन्यबाद ज्ञापन गरेका थिए भने अर्का सल्लाहकार धनबहादुर खड्काले सस्थाकावारेमा प्रकाश पारेका थिए ।
  हाल सम्म एम्वुलेन्स  खरिदका लागि १७  लाख रुपैयाँ संकलन भई सकेको र खरिद पक्रिया सुरु भई सकेको सञ्जालले जानकारी दिएको छ । पिपलधारा सम्पर्क समिति विश्व सञ्जालका अध्यक्ष वावुराम थापाको अध्यक्षतामा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा सचिव तथा पत्रकार विक्रम खड्काको सञ्चालन रहेको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.