"2513058968709111" /> गुल्मी कांग्रेस गुल्मीले माग्यो अखण्ड लुम्बिनी - अनिश शर्मा गैरे
Breaking News
recent

गुल्मी कांग्रेस गुल्मीले माग्यो अखण्ड लुम्बिनी


२२ साउन,गुल्मी ।।
लुम्बिनी अञ्चल नटुक्राउन नेपाली काग्रेस गुल्मीले माग गरेको छ । शुक्रवार जिल्ला पाटी कार्यलय तम्घासमा बसेको जिल्ला कार्य समितीको बैठकले लुम्बिनी अञ्चल नटुक्राउन माग गरेको हो । काग्रेसले एक प्रेस बिज्ञप्ती नै निकालेर प्रदेशहरुको सिमाकंन गर्दा लुम्बिनी अञ्चललाई नटुक्राउन सबैधानिक राजनितीक सवाद तथा सहमती समितीलाई दवाव समेत दिएको छ । लुम्बिनी अञ्चलका सबै जिल्लाहरु मिलेर रहेको बिभिन्न क्षेत्रहरुलाई अलग अलग राज्यमा राख्न गरिएको कार्यको घोर आपत्ति प्रकट गदै काग्रेस सचिव बिष्णु बलालद्धारा जारी बिज्ञप्तीमा सो कार्यको कुरा सञ्चाई अखण्ड लुम्बिनी बनाउन जोडदार माग गरिएको छ । साथै बिज्ञप्तीमा अखण्ड लुम्बिनी बनाउन सबै लुम्बिनीवासी सचेत नागरिकहरुलाई हार्दिक अपिल समेत गरिएको छ । काग्रेस गुल्मीले लुम्बिनी अञ्चललाई जस्ताको तस्तै राखेर प्रदेशको नामाकरण र सिमाकन गर्न माग गरेको छ । अखण्ड लुम्बिनीको माग गदै बिहीवार लुम्बिनी अञ्चलहरुका ३२ जना सभाषदहरुले पनि सबैधानिक राजनितीक सवाद तथा सहमती समितीलाई दवाव दिएका थिए । दलहरु बिच सहमती भएअनुसार लुम्बिनी अञ्चलका ६ जिल्लाध्ये गुल्मी, पाल्पा र अर्घाखाची जिल्लालाई पहाडी प्रदेशतर्फ र रुपन्देही, नवलपरासी र कपिलबस्तु जिल्लालाई थरुहट प्रदेशतर्फ राख्ने प्रस्ताव भएको छ । यता गुल्मी जिल्लामा बिभिन्न सघं सस्थाहरुले पनि लुम्बिनी अञ्चललाई टुक्राउन नपाइने भन्दै बिरोध गरेका छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.