"2513058968709111" /> प्यूठान जिल्लामै पहिलो पटक पानी उद्योग सुरु ।। - अनिश शर्मा गैरे
Breaking News
recent

प्यूठान जिल्लामै पहिलो पटक पानी उद्योग सुरु ।।

२२ साउन, प्युठान ।।
प्यूठान जिल्लामै पहिलो पटक जिल्लाका चार जना युवाले पानी उद्योग सुरु गरेका छन् । प्रमुख ब्यापारिक केन्द्र विजुवारको जुम्रिमा युवाहरुले संयुक्त लगानीमा झिमरुक शुद्ध पिउने पानी उद्योग संञ्चालनमा ल्याएका हुन् । स्थानीय बिनोदबिक्रम शाह, कमल श्रेष्ठ, प्रमोद खड्का र सचिन सुवेदीले सुरु गर्नु भएको पानी उद्योगले आजदेखि बजारमा पानी पठाएको जनाएको छ । जिल्लामा नयाँ र ठुला उद्योगहरुका लागि लगानी नभएको समयमा युवाहरुको सक्रियता र उद्योग संञ्चालन एक उदाहरण भएको उद्योग बाणिज्य संघ प्यूठानका अध्यक्ष माधवराज भण्डारीले वताउनु भयो । हालसम्म पानी उद्योगका लागि ३५ लाख लगानी भएको भन्दै उद्योग संञ्चालन कलम श्रेष्ठले उद्योगमा थप नयाँ प्रविधि थप्नका लागि अझै २५ लाख सम्म लगानी गर्ने तयारी भएको वताउनु भयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.