"2513058968709111" /> नयाँ बर्ष २०७२ का विषेशता - अनिश शर्मा गैरे
Breaking News
recent

नयाँ बर्ष २०७२ का विषेशता

बैशाख ०१ ग्ते ।। 
नयाँ बर्ष २०७२ मा नेपालीहरुको महान चाड दशै टिका कार्तिक ५ गते परेको छ भने भाई टिका कार्तिक २७ गते परेको छ । यस बर्षको घटस्थापना असोज २६ गते परेको र कोजाग्रत पुर्णिमा कार्तिक १० गते परेको छ । बर्षभरीमा सार्वजनिक विदा २६ दिन परेको छ,भने शनिवारका दिन सार्वजनिक विदा खप्टीएको दिन धेरै भएकाले सार्वजनिक विदा थोरै देखिएको हो ।
आमाको मुख हेर्ने दिन, जनै पुर्णिमा, श्रीकृष्णाष्टमी, सहिद दिवस, सरस्वती पुजा, लगाएतका पर्वहरु यस बर्ष शनिवारका दिन परेको छ । असार, साउन र मंसिर महिना भरीमा सार्वजनिक विदा परेको छैन भने सवै भन्दा धेरै सार्वजनिक विदा दशै र तिहार जस्ता ठुला चार्डपर्व परेकाले कार्तिक महिनामा परेको छ । कार्तिक महिनामा शनिवार वाहेक ८ दिन सार्वजनिक विदा परेको छ ।
अन्य महत्वपुर्ण चाडपर्वहरु मध्ये आमाको मुख हेर्ने दिन बैशाख ५ गते, बुद्ध जयन्ती बैशाख २१ गते परेको छ । त्यसैगरी श्रावण १५ गते गुरु पुर्णिमा, भदौ  १२ गते जनै पुर्णिमा, भदौ १३ गते गाईजात्रा, भदौ २७ गते वुवाको मुख हेर्ने दिन परेको छ । असोज महिनाको पहिलो दिन ऋषिञ्चमी, १० गते कुमारी जात्रा, ११ गते सोह्र श्राद्ध आरंभ तथा चेपाड चोनामपर्व, १८ गते जितिया पर्व परेको छ । क्रिश्चीयनहरुको सवै भन्दा ठुलो पर्व क्रिसमस डे यस बर्ष पौष १० गते परेको छ भने गुरुङहरुको महान चाड तमु ल्होछार १५ गते र ताल ल्होसार परेको छ ।
श्रीस्वस्थानी व्रत माघ ९ गते देखि सुरु हुने भएको छ भने २६ गते सोनम ल्होसार परेको छ । त्यसैगरी सरस्वती पुजा फागुन १ गते शनिवारका दिन पर्दा २४ गते शिवरात्री पर्न गएको छ । पहाडी क्षेत्रका लागि फागु पर्व चैत्र ९ गते र तराईका लागि चैत्र १० गते परेको छ भने घोडे जात्रा चैत्र २५ गते परेको पंचाङ्ग निर्णायक समितिले जनाएको छ । यसबर्ष तिन दिन सोमवारे औसी परेको छ भने फागुन २६ गते खण्डग्रास सुर्यग्रहण लाग्ने भएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.