"2513058968709111" /> आजबाट बिक्रम सम्बत २०७२ शुरु, २०७१ भन्दा २०७२ राम्रो, शुभकामना आदान प्रदान गरि मनाईदै,।। - अनिश शर्मा गैरे
Breaking News
recent

आजबाट बिक्रम सम्बत २०७२ शुरु, २०७१ भन्दा २०७२ राम्रो, शुभकामना आदान प्रदान गरि मनाईदै,।।

बैशाख ०१ ग्ते ।। 
वितेको बर्ष २०७१ को विदाई र नयाँ बर्ष २०७२को स्वागत सहित आज शुभकामना आदान प्रदान गरेर देश विदेशमा रहेका नेपालीहरुले नयाँ बर्ष मनाउदै छन ।
नयाँ बर्षको स्वागतका लागि गएराती विभिन्न ठाउमा मनोरन्जनात्मक कार्यक्रमहरु पनि आयोजना गरिएका थिए भने आज पनि देशका विभिन्न ठाउमा मेला महोत्सवहरुको आयोजना भएका छन ।
विक्रम संवत्लाई आधार मानी प्रत्येक वर्षको वैशाख १ गतेलाई नेपालमा नयाँ वर्षका रुपमा मनाउने प्रचलन छ । विसं हिन्दू पञ्चाङ्गमा आधारित नेपाल तथा भारतको राष्ट्रिय पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा र वैदिक समय अङ्कनमा आधारित छ  ।
विसं अङ्ग्रेजी पात्रोभन्दा करिब ५६ वर्ष ८ महिना १५ दिन अगाडि रहेको र यो अङ्गे्रजी पात्रोको अप्रिल महिनाको मध्य तिर पर्छ ।  सूर्यसँग सम्बन्धित भएकाले यसमा ग्रह नक्षत्रका नाम पनि महिनासँग सम्बन्धित छन् ।
पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले विसं शास्त्रसम्मत संवत्सर रहेको बताउदै यसैका आधारमा वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा लिने गरिएको बताउनुभयो । विसंलाई विक्रमादित्य राजाले चलाएको संवत् भन्ने किंवदन्ती पनि रहेको छ ।
ज्योतीषीय दृष्टिबाट २०७१ सालभन्दा २०७२ साल देशका लागि राम्रो हुने देखिएको गौतमले जानकारी दिनुभयो । वर्षको शुभाशुभमा ग्रहको प्रभाव प्रत्यक्ष पर्ने र २०७१ सालमा चन्द्रमा राजा र मन्त्री दुवैको भूमिकामा रहेका कारण देश अस्थिरतामा रुमल्लिएको उहाँले बताउनुभयो ।
“विसं २०७२मा शनि ग्रह राजाको भूमिकामा र मङ्गल ग्रह मन्त्रीको भूमिकामा रहेका कारण अघिल्लो वर्षभन्दा नयाँ वर्ष राम्रो हुने देखिन्छ, अन्य ग्रहको प्रभाव हेर्दा यस वर्ष गत वर्षभन्दा खाद्यान्नको राम्रो उब्जाउ, वर्षात हुने आदिको राम्रो सम्भावना देखिन्छ”– उहाँले भन्नुभयो । नयाँ वर्षमा विभिन्न नयाँ काम सुरु गर्ने, एकापसमा शुभकामना आदान गर्ने, वर्ष शुभ रहोस् भनी विभिन्न शक्तिपीठमा दर्शन गर्न जाने प्रचलन छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.