तोलादी कल्याणकारी अक्षय कोष द्वारा तोलादीका असहाय, अपाङ्ग र वृद्ध वृद्धाहरूलाई आथिर्थ सहयोग ।।
सालीक राम खत्री, बडागाँउ गुल्मी ।।
बैशाख २ गते ।।
तोलादी कल्याणकारी अक्षय कोषले बडागाँउ तोलादीका असहाय, अपाङ्गहरूलाईे आर्थिक सहयोग प्रदान गरेको छ। कोष द्वारा तोलादीका जना अपाङ्ग, वयोवृद्ध र असहाय व्यक्तिहरूले सहयोग रकम प्राप्त गरेका थिए। “उक्त सहयोग रकमले थोरै भए पनि उनीहरूको जीवन यापनमा सहयोग पुर्याउने विश्वास लिएका छौँ।”, कोषका अध्यक्ष मधु मल्लले भन्नुभयो। यो कोष तोलादीमा बसोबास भइ विभिन्न देशमा कार्यरत व्यक्तिहरूको सहयोगमा गठन भएको हो। तोलादीको विकासमा सहयोग पुर्याउने र परोपकारी कार्य गर्ने यस कोषको मूल उद्देश्य रहेको कोषका अध्यक्ष मधु मल्लले बताउनु भयो। यस पवित्र कार्यमा सम्पूर्ण तोलादी वासी महानुभावहरूको सहयोग रहने विश्वास व्यक्त गर्दै कोषका संरक्षक पूर्ण सिंह ठकुरीले सबै तोलादी वासी महानुभावलाई सहयोग गर्न आग्रह गर्नुभयो। कार्यक्रममा तोलादीका सामाजिक कार्यकर्ता, विभिन्न सामाजिक संस्थाका प्रतिनिधि र सर्वसाधारणहरूको उपस्थिति थियो।

No comments: