जुम्लाबाट कालिकोट आउँदै गरेको बस दुर्घटना, १३ को मृत्यु, १५ घाईते ।।
नवराज महतरा, हुम्ला
जुम्लादेखि कालिकोट आउँदै गरेको बस दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको छ । त्यस्तै १५ जना गम्भीर घाइते भएका छन् । जुम्ला बजारदेखि कालिकोटको नाग्माका लागि हिँडेको ना४ ख ४९७० नम्बरको बस रारालीहीमा आज बिहान साढे ९ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोट प्रहरी प्रमुख डिएसपी लक्ष्मण गुरुङले जनाएका छन । एक जनाको सकुशल उद्धार गरिएको छ । बस दुर्घटना कसरी भएको हो भन्ने कुरा घटनाको विवरण बुझ्न बाँकी रहेको गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार विस्तृत विवरणका लागि कालिकोट जुम्लाबाट प्रहरी तथा उद्धार टोली घटनास्थलमा गइसकेको भए पनि पुरा जानकारी नआएको बताइएको छ । जुम्लाबाट २ वटा एम्बुलेन्ससहितको टोली घटनास्थल गएको जुम्ला प्रहरीले जनाएको छ ।

No comments: