"2513058968709111" /> बालीका बलात्कारको चारैतिर बिरोध भईरहेका बेला सर्लाहीमा फेरी एक एक बालीका बलात्कुत ।। - अनिश शर्मा गैरे
Breaking News
recent

बालीका बलात्कारको चारैतिर बिरोध भईरहेका बेला सर्लाहीमा फेरी एक एक बालीका बलात्कुत ।।

फाल्गुण २९–
बालिका बलात्कार गर्नेलाई फाँसीको सजाय दिनुपर्ने आवाज उठिरहेका बेला सर्लाहीमा ११ वर्षीया बालिका बलात्कृत भएकी छिन् । नेत्रगंज गाविस वडा नम्वर ७ की ११ वर्षीया बालिकालाई बलात्कार गर्ने स्थानीय १५ वर्षीय सुमन राईलाई प्रहरीले पक्राउ गरेको छ । घरमा आमा बुबा खाना बनाउँदै गर्दा राती आगनमा बसेकी बालिकालाई घर अगाडिको सडकमा बोलाएर बलात्कार गर्ने राईलाई गाउँबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ । राईले गएको बुधवार राती ८ बजे छिमेकी बालिकालाई सार्वजनिक सडकमा बोलाएर बलात्कार गरेको भएपनि प्रहरीले आज मात्र घटना सार्वजनिक गरेको हो । बलात्कारको प्रयास गरेका युवकलाई नियन्त्रणमा लिएर जबरजस्तीकरणी उद्योग अन्तर्गत मुद्धा चलाउन अनुसन्धानका लागी आज जिल्ला अदालत सर्लाहीमा पेश गरिएको सर्लाहीका प्रहरी उपरीषक सुरेश बस्नेतले जानकारी दिनुभयो ।
यसैबिच बलत्कारीलाई कडा सजायको माग गर्दै बारा र मकवानपुरमा आज पनि प्रदर्शन भइरहेका छन् । बारामा बलत्कारपछि एक बालिकाको मृत्यु भएको र मकवानपुरमा शिक्षकले छात्रामाथि यौन दुव्यवहार गरेको घटनाको विरोधमा स्थानीयबासीले प्रदर्शन गरेका हुन् । उनीहरुले पिडितलाई क्षतिपुर्तिको तथा सुरक्षा व्यवस्था कडा बनाइनुपर्ने माग गर्दै प्रदर्शनलाई चर्काएका छन् । बारामा बालिकाको शव सडकमै  राखेर स्थानीयबासी प्रदर्शनमा उत्रिएका छन् । बलत्कारपछि ७ बर्षिय बालिका पुजा शाहको मृत्यु भएपछि आक्रोशित स्थानीयबासीले केहिदिन यता प्रदर्शन जारी राखेका हुन् ।
यता मकवानुपरेको हेटौडा ९ स्थित प्रगती उच्च माविका शिक्षक टेकप्रसाद पौडेलले कक्षा १० मा अध्ययनरत छात्रालाई यौन दुव्र्यवहार गरेको विरोधमा आक्रोशित समुहले विद्यालयमा तोडफोड गर्नुका साथै मोटरसाइकलमा आगजनी समेत गरेका छन् । केहिदिन अघि शिक्षक दिनेश सुवेदीले छात्रामाथि बलत्कार गरेको घटनाको विरोधमा पनि हेटौडामा प्रदर्शन भएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.