महोत्सवमा हेलिकप्टरले दस लाख भन्दा बढीको कारोबार
फाल्गुण २९–
दोस्रो गुल्मी महोत्सवमा थप आकर्षणको रुपमा तिन दिन सम्म सञ्चालीत हेलिकप्टर यात्राबाट १० लाख भन्दा बढीको कारोबार भएको छ । हेलिकप्टर उप समितिका संयोजक राजेन्द्रप्रसाद श्रेष्ठका अनुसार तिन दिनका लागि गरिएको व्यवस्थामा अन्तिम दिनसम्म ८१ उडान भएको छ । ‘पहिलो दिन हिजो २६ उडान भएका थिए भने , दोस्रो दिन ३७ उडान र तेस्रो दिन १८ उडान भएका थिए । आयोजकले हेलिकप्टरबाट अवलोकनका लागि ५ मिनेटको लागि ४ हजार रुपैंया र १० मिनेटका लागि ७ हजार ५ सय रुपैंया शुल्क राखेको हेलकप्टर संयोजक राजेन्द्र प्रसाद श्रेष्ठले बताउनु भयो । हेलिकप्टर उडानमा ५ मिनेट यात्रामा ७६ जना र १० मिनेट यात्रामा ५ जनाले यात्रा गरेका थिए । हेलकप्टरबाट कुल १० लाख २४ हजार ५ सयको कारोबार भएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो । हेलीकप्टरको कुल कारोबार मध्ये रु १ लाख ९५ हजार आम्दानी भएको श्रेष्ठले बताउनु भयो । एक पटकमा ३ जनाले उडान गर्न मिल्ने हेलिकप्टरबाट ४ मिनेटको र १० मिनेटको प्याकेज को ब्यावस्था थियो ।
तिन दिन सम्म हेलिकप्टर संञ्चालन गरेका पाईलटलाइ महोत्सव मुल आयोजक समितीले एक कार्यक्रम गरि बिदाई तथा प्रशंसा पत्र दिएर सम्मान गरेको छ । मुक्तिनाथ एयरलाईन्सका क्याप्टेन रानेश डंगोल र फाईट पाईलट को पाईलट लाई बिदाई गरेको हो

No comments: