जुम्लामा भएको बस दुर्घटना १८ जनाको मृत्यु, १४ जना घाईते ।।
चैत्र ०२ –
कालिकोट र जुम्लाको सीमानामा पर्ने नाग्मको लागि जुम्लाबजारबाट छुटेको बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । कर्णाली अञ्चल यातायात व्यवसायी समितिको ना ४ ख ४९७० नम्बरको बस जुम्लाको रारालिही गाविस वडा नम्बर १ गाडोगुनेडीमा दुर्घटना भएको हो । दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । उनीहरु मध्ये ११ जनाको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा उपचार भईरहेको छ भने ३ जनालाई थप उपचारका लागि हेलिप्टरमार्फत कोहलपुर मेडिकल कलेज नेपालगञ्जमा रिफर गरिएको प्रतिष्ठानले जनाएको छ । घाइते मध्ये अधिकाशंको अवस्था गम्भीर रहेको कर्णाली स्वास्थ्य बिज्ञानले जनाएको छ । मृत्यु हुने १८ जना मध्ये गाडी चालक जुम्ला शनिगाउँ गाविसका सागर बुढा र सहचालक जुम्लाको ठेगाना नखुलेका हर्क बुढा रहनु भउको छ । अहिलेसम्म सनाखत हुने मृतकहरुमा महाबैपाथरखोला गाविस ९ का देबु रोकाया, कालिकाखेतु १ का धनलक्ष्मि न्यौपाने, शनिगाउ ५ का रविन्द्र भनेर चिनीने रक्ति रोकाया रहनु भएको छ । आज बिहान ८ बजे जुम्लाबजार बाट छुटेको बस आज बिहान साढे नौ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । गाडी सडकबाट झण्डै २ सय मिटर तल खसेको बताईएको छ ।
बसमा सवार मध्ये २ शकुसल रहेकोे प्रहरीले जनाएको छ । घाइतेहरुमा महावैपाथरखोला ७ का गोरख अधिकारी, चन्दननाथ नगरपालिका ९ का कलविर नेपाली, महावैपाथरखोला ९ का सर्जन रोकाया, बड्की ९ आचार्यलीहिका सृजना आचार्य, चन्दननाथ नगरपालिका १० का शान्ति बुढा र शनिगाउँका शिवकली रोकाया रहेको प्रहरीलेजनाएको छ ।

No comments: