"2513058968709111" /> ४ महिनादेखी बिजुली नभएपछि गुल्मीको खड्कोट गाबिस बासी समस्यामा ।। - अनिश शर्मा गैरे
Breaking News
recent

४ महिनादेखी बिजुली नभएपछि गुल्मीको खड्कोट गाबिस बासी समस्यामा ।।

फाल्गुण २६–दक्षिणी गुल्मीको विकट गाविस खड्ककोट गाविस वडा नम्वर ५ का करिव ८५ घरधुरी विगत चार महिना देखी अन्धकारमा वस्न वाध्य भएका छन । कालिगण्डकी करिडोर निर्माणका क्रममा बिद्युतका पोल हटाईपछि गाउँमा बिजुली बलेको छैन । विस्थापित १५ वटा विद्युतका पोलहरु पुन सोही ठाउँमा स्थापित नहुँदा स्थानियवासी अन्धकारमा वस्न वाध्य भएका हुन । करिडोरको ट्रयाक खोल्ने क्रममा विद्युतका पोलहरु बिस्थापित भएका थिए । विद्युत नहुँदा स्थानीय वासी समस्यामा परेका छन । विद्युत सेवा अवरुद्ध हुँदा मोवाइल फोन चार्ज गर्न, टिभी हेर्न र रेडियो सुन्न तथा अन्य सञ्चारबाट बञ्चित भएपछि स्थानीयको जनजीवन प्रभावित भएको हाम्रा पर्वत सहकर्मी रोशन तिवारीले जानकारी दिनुभएको छ । ट्रयाक खोल्ने काम नसकिएकाले हटाईएका पोल अझै १ महिना पुनस्थापित नहुने स्थानीय सामुदायिक विद्युत उपभोक्ता समितिका अध्यक्ष कृष्ण शर्माले बताउनुभएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.