"2513058968709111" /> जेठ १४ गते पनि संविधान बन्न नदिने वैद्य मोर्चाको घोषणा - अनिश शर्मा गैरे
Breaking News
recent

जेठ १४ गते पनि संविधान बन्न नदिने वैद्य मोर्चाको घोषणा

२५ फागुन, काठमाडौ । नेकपा(माओवादीका उपाध्यक्ष सीपी गजुरेलले आगामी जेठ १४ गते पनि संविधान बन्न नदिने बताएका छन् ।
फाइल तस्वीरनेकपा(माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले सोमवार राजधानीमा गरेको विरोध कार्यक्रममा बोल्दै गजुरेलले जेठ १४ मा पनि संविधान बन्न नदिने बताएका हुन् ।
‘एक वर्षमा संविधान दिन्छौं भनेका दलहरुले अब जेठ १४ मा संविधान दिन्छौं भन्न थालेका छन्’, गजुरेलले भने, ‘हामी जेठ १४ मा पनि संविधान बन्न दिन्नौं ।’
जनतालाई एक वर्षमा संविधान दिन्छौं भन्ने नेताहरुलाई ‘फटाहा र ढाँट नेता’को संज्ञा दिए । उनले भने त्यस्ता नेताहरुलाई जनताले नै कारबाही गर्नुपर्ने बताए ।
‘वार्ताको नाटक’
पछिल्लो पटक सहमतिका लागि भन्दै गरिएको वार्ताले कुनै समस्याको समाधान नहुने भन्दै गजुरेलले राज्यको ढुकुटी सिध्याउनका लागि मात्रै वार्ताको नाटक गरिएको आरोप लगाए ।
‘दुई लाखको खाजा खाने वार्ता बालुवाटारमा हुँदैछ,’ गजुरेलले भने, ‘वार्ताको नौटंकी बन्द गर, यसले कुनै हल दिँदैन ।’ छलफल र वार्ता गर्ने नेताहरुलाई ‘छोटे राजा’को संज्ञा दिँदै उनले शक्तिको बाँडफाँटका लागि भएको सल्लाहलाई वार्ता भन्न नमिल्ने गजुरेलले टिप्पणी गरे ।
‘बालुवाटार र सिंहदरबारमा भएका अहिलेका वार्ताहरुमा को राष्ट्रपति  बन्ने, को मन्त्री र प्रधानमन्त्री बन्ने भन्ने वार्ता भएको छ,’ उनले भने, ‘वार्तामा संविधानको विषयमा कुनै छलफल भएको छैन, त्यसैले यो वार्ताको कुनै अर्थ छैन ।’
‘अब तेस्रो जनआन्दोलन’
दोस्रो संविधानसभा विघटन नभएसम्म आफूहरु कुनै पनि वार्तामा नजाने उल्लेख गर्दै गजुरेलले अबको तेस्रो जनआन्दोलनले सबै कुराको छिनोफानो गर्ने उद्घोष गरे । उनले आजदेखि ३३ दलीय मोर्चा सक्रिय भएको उल्लेख गर्दै आफूहरुले नै जनआन्दोलन(३ अगाडि बढाउने दावी गरे ।
लामो समय निश्त्रिmय बनेको वैद्य माओवादी नेतृत्वको ३३ दलीय मोर्चाको आहृवानमा सोमवार शान्तिबाटिकाबाट निकालिएको विरोध र्‍याली भोटाहिटी, असन, बसन्तपुर, न्यूरोड हुँदै पुनः भोटाहिटी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.