"2513058968709111" /> बालिका बलात्कारीलाई सर्वस्वसहित आजीवन काराबासको माग - अनिश शर्मा गैरे
Breaking News
recent

बालिका बलात्कारीलाई सर्वस्वसहित आजीवन काराबासको माग

२५ फागुन, काठमाडौं । महिला नेतृहरुले बाराको कलैया ८ कि बालिकालाई बलात्कार गर्नेलाई सर्वस्वसहित आजीवन कारावासको सजायँ दिन माग गरेका छन् ।
Women's-Leadersबलात्कारबाट घाइते भएकी कलैयाकी ७ वर्षीया बालिका पुजा साहको आइतबार निधन भएको थियो । उपचारको क्रममा कान्ति बाल अस्पताल काठमाडौंमा उनको मृत्यु भएको थियो ।
सोमबार राजधानीमा आयोजित साक्षात्कारमा सहभागी विभिन्न दलका महिला नेतृहरुले बलात्कारपछि निधन भएकी बालिकाका आफन्तलाई उचित क्षतिपूर्ति दिन माग गरे । उनीहरुले शान्ति सुरक्षाको व्यवस्था मिलाउन र महिला तथा बालवालिकामाथि भईरहेका हिंसा नियन्त्रण गर्न पनि सरकारसँग माग गरेका छन् ।
बारा कलैया ८ का नारायण साह र प्रमिला साहकी छोरी पुजालाई गत ९ गते कन्हैया गुप्तालगायतले सामुहिक बलात्कार गरेका थिए ।
कार्यक्रममा अखिल नेपाल महिला संघकी अध्यक्ष एवम् नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले बालिका बलात्कारको घटनाले देशको नैतिकता झुकेको बताइन् । यस घटनाबाट नेपालीको बेईज्जत भएको भन्दै उनले दोषीमाथि कडा कारवाहीको माग गरिन् ।
कार्यक्रममा अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष मिना पाण्डे, नेपाल महिला संघकी अध्यक्ष डिला संग्रौला, अखिल नेपाल महिला संघ ९क्रान्तिकारी०का अध्यक्ष अमृता थापा लगायतले हालको कानून संसोधन गरेर बलात्कारीलाई फाँसीको सजाय दिने व्यवस्था मिलाउनु पर्ने धारणा राखेका थिए ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.