"2513058968709111" /> सुशील र ओलीले बेवास्ता गरेको भन्दै दोस्रो आन्दोलनको तयारी - अनिश शर्मा गैरे
Breaking News
recent

सुशील र ओलीले बेवास्ता गरेको भन्दै दोस्रो आन्दोलनको तयारी

मंगलबार ३० दलीय मोर्चाको बैठक डाकियो

२५ फागुन, काठमाडौं । सत्तारुढ दलका नेता सुशील कोइराला र केपी ओली वार्ताप्रति गम्भीर नदेखिएको भन्दै एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले दोस्रो चरणको आन्दोलन घोषणाको तयारी गरेको छ ।

डेढ महिना लामो गतिरोध तोड्दै शनिबार बालुवाटारमा वार्ता भए पनि त्यसपछि सम्वादले निरन्तरता पाउन सकेको छैन । आइतबार प्रधानमन्त्री सुशील कोइराला र प्रचण्डबीच पुनः द्वीपक्षीय सम्वाद गर्ने सहमति भएको थियो ।
30-party Federal Democratic Alliance Meetingयद्यपि केपी ओलीले प्रचण्डसँग वार्ता गर्न रुची नदेखाएको एमाओवादी नेताको गुनासो छ । सोमबारसम्म दलहरुबीच कुनै सम्वाद हुन नसकेपछि ३० दलीय मोर्चाले दोस्रो चरणको आन्दोलनमा जाने मानसिकता बनाएको हो ।
कांग्रेस र एमाले नेतृत्व वार्ता र सहमतिप्रति गम्भीर नदेखिएको एमाओवादीका एक शीर्ष नेताले बताए । ‘कांग्रेस र एमालेको नेतृत्व वार्ता र सहमतिप्रति त्यति इच्छुक देखिएन’ उनले भने( ‘भोलि ९मंगलबार० ३० दलको बैठक बोलाइएको छ, आन्दोलन घोषणा हुन सक्छ ।’
बालुवाटारमा आयोजित वार्तामा केपी ओलीलगायत एमालेका शीर्ष नेता नआउनुले पनि सत्तापक्ष वार्ताप्रति गम्भीर नभएको एमाओवादी नेताहरुको निश्कर्ष छ ।
सहमतिका लागि मोर्चाले सरकारलाई फागुन २६ को अल्टिमेटम दिएको थियो । तर, यो अवधिमा एमाले नेताहरुले वार्ताप्रति कुनै रुची नदेखाएको एमाओवादी निश्कर्ष छ । ‘केपी ओलीहरु वार्तामै आएनन्,’ अनलाइनखबरसँग एमाओवादीका एक शीर्ष नेताले भने, ‘कांग्रेसका सिटौला पनि अहिले झापातिर गएर बसेका छन् त्यसैले अब दोस्रो चरणको आन्दोलनमा जानै पर्ने देखिएको छ ।’ 
आन्दोलनको खाका बनाउन मंगलबार बिहान ३० दलीय मोर्चाको सचिवालयको बैठक बोलाइएको छ । दिउँसो ३ बजे मोर्चाका शीर्ष नेताहरुको बैठक बोलाइएको छ ।
सत्तापक्षले वार्तामा नबोलाएपछि के गर्ने भन्नेबारे सोमबार साँझ प्रचण्ड निवास लाजिम्पाटमा एमाओवादीका शीर्ष नेताले आन्तरिक छलफल गरेपछि मंगलबार मोर्चाको बैठक बस्ने तिथि तय भएको हो ।
प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले दोस्रो चरणको आन्दोलन घोषणा गरे पनि वार्ताको ढोका भने खुला राखिने बताएको छ ।
पहिलो चरणको आन्दोलन सफल भएको तर, कांग्रेस र एमाले नेतृत्वमा रहेका अनुदारवादी नेताहरुलाई सहमतिका लागि अझै दबाव नपुगेको एमाओवादी नेतृत्वको निष्कर्ष छ । ‘हामी सहमतिबाटै संविधान बनाउनुपर्छ भन्नेहरुले वार्ता गर्दैनौं भन्नै मिल्दैन’ एक नेताले भने ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.