काभे्रप्लान्चोकमा फेरी एक बालीका बलात्कृत
फाल्गुण १०–
काभ्रेपलाञ्चोकमा बलात्कारका केही घटना सेलाउन नपाउँदै पाँच वर्षीया बालिकामाथि बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालकी महिला तथा बालबालिका सेलकी प्रमुख प्रहरी नायब निरीक्षक सीता श्रेष्ठका अनुसार मेंथिनकोट गाविस–६ मा स्थानीय इँटाभट्टामा काम गर्ने ३२ वर्षीय राजु विकले ती बालिकालाई बलात्कार गरेका थिए । उनले घरमा पीडितका बाबुआमा नभएको मौका छोपी चक्लेट दिने प्रलोभनमा पारेर बलात्कार गरेको पीडितले प्रहरीमा दर्ता गराएको उजुरीमा उल्लेख छ । अभियुक्त विकलाई जबर्जस्ती करणी मुद्दा लगाएर हिरासतमा लिइएको छ । जिल्लामा चालु आर्थिक वर्षको सात महिनामा जबर्जस्ती करणीसम्बन्धी १९ वटा घटना जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकमा दर्ता भएका छन् ।

No comments: