"2513058968709111" /> आफ्नो कला र संस्कृतिको संरक्षणमा सबै लाग्नुपर्ने बाग्लुङ्ग समाजसेवा हङकङका पूर्व अध्यक्ष बुढाथोकीको भनाई ।। - अनिश शर्मा गैरे
Breaking News
recent

आफ्नो कला र संस्कृतिको संरक्षणमा सबै लाग्नुपर्ने बाग्लुङ्ग समाजसेवा हङकङका पूर्व अध्यक्ष बुढाथोकीको भनाई ।।

अनिश गैरे, वामी गुल्मी
फाल्गुण १०–
संस्कृति संरक्षण मञ्च बाग्लुङ काडेबासको १४ औ बार्षिक उत्सव सम्पन्न भएको छ । बार्षिक उत्सवको समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बाग्लुङ्ग समाजसेवा हङकङका पूर्व अध्यक्ष यम बहादुर बुढाथोकीले हाम्रो संस्कृति नेपालमा बसोबास गर्नेले मात्र नभई बिदेशमा बस्ने नेपालीहरुले पनि यसको संरक्षण प्रवद्र्धन गदै विकास गनुपर्ने कुरामा जोड दिनु भएको थियो । साथै उँहाले आफ्नो कला संस्कृतिको संरक्षण प्रवद्र्धन गर्न तर्फ लाग्न सबैलाई आग्रह समेत गर्नुभयो । सोहि अवसरमै अर्का विषेश अतिथि  गल्कोट बहुमुखी क्याम्पस हटियाका क्याम्पस प्रमुख देबेन्द्र बहादुर खत्रीले हाम्रा गाँउ ठाउमा रहेका भाषा भाषि कला  र संस्कृति तथा लोकगितले हाम्रो  जीवनका अनुभूति व्यक्त गरेको भन्दै पछिल्ला समयमा हराएका कला संस्कृतिलाई कलाकारहरुले  खोज्नु पर्ने कुरामा जोड दिदै संरक्षण र प्रचार प्रसार गर्नु प्रर्ने कुरामा जोडदिनु भएको थियो । उक्त बार्षिक उत्सव ५ गते सञ्चालन भएको वार्षिक उत्सवमा खुल्ला पुरुष फुटबल प्रतियोगिता तर्फ गजेडी ११ रुपन्देही बुटवल प्रथम, संस्कृति संरक्षण मञ्च बाग्लुङ काडेबासका समूह ए द्धितीय, र बाग्लुङ घुम्टे तन्दुरी रेष्टुरेण्ड काठमाण्डौ तृतीय भएका छन् । यस्तै सालैजो तथा कौडा नाच प्रतियोगिता तर्फ सिर्जना बालविकास केन्द्र बाग्लुङ काडेबास प्रथम, पाण्डवखानी सुनपानी बाल क्लब पाण्डवखानी द्धितीय, संस्कृति संरक्षण मञ्च बाग्लुङ काडेबास तृतीय, भएका छन् । यस्तै देवकोटा निमावि ज्यामिरे र न्यू साइन बोडिङ स्कुल लामाखेत सान्त्वना भएका छन् । एकल गायन प्रतियोगिता तर्फ राम बहादुर परियार प्रथम, अशोक बस्याल द्धितीय, रोजिना गुरुङ तृतीय भएका छन् । भने बोहोरा र प्रेम परियार सान्त्वना भएका छन् । कार्यक्रममा राष्ट्रिय कलाकारहरु थानेश्वर गौतम, शर्मिला गुरुङ, सन्तु थापा, दिपक नेपाली लगायत स्थानीय कलाकारहरुको वेजोड सांस्कृतिक प्रस्तुति समेत रहेको थियोे । विजेता समुह तथा बिभिन्न बिधाबाट उत्कृष्ट खेलाडीहरुलाई नगद, ट्रफी, मेडल, प्रमाणपत्रले सम्मान गरिएको थियो । अबसरमा  कार्यक्रमका  प्रमुख अतिथि  तथा  बिषेश अतिथि एवं कार्यक्रमलाई विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने व्यक्ति तथा संघ सस्थाका प्रमुख एवम प्रतिनिधि तथा पत्रकारहरु, राष्ट्रिय कलाकारहरु लगायतलाई मायाको चिनोले सम्मान समेत  गरिएको थियो । मञ्चका अध्यक्ष डिल बहादुर बुढाथोकीको अध्यक्षता, कोषाध्यक्ष रेमलाल सापकोटाकोे स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन मञ्चका सचिव सुरेन्द्र छन्त्यालले गर्नु भएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.