"2513058968709111" /> ट्युसन पढ्न गएकी दुई किशोरीमाथि राजधानीमा एसिड प्रहार ।। - अनिश शर्मा गैरे
Breaking News
recent

ट्युसन पढ्न गएकी दुई किशोरीमाथि राजधानीमा एसिड प्रहार ।।

फाल्गुण १०–
एसएलसीको तयारीका लागि टिउसन पढ्न गएका दुई विद्यार्थी एकाबिहानै अज्ञात समूहको एसिड आक्रमणबाट गम्भीर घाइते भएका छन्।
बसन्तपुरस्थित ए प्लस माइनस टिउसन सेन्टरमा बिहान साढे ६ बजेको क्लास लिन गएको बेला कान्ति इश्वरी स्कुलकी छात्रा सीमा बस्नेत र शान्ति निकुञ्ज स्कुलकी छात्रा संगीता मगरलाई लक्षित गरेर एसिड प्रहार भएको थियो।
१० जना पढ्ने कक्षामा तीन जनामात्र विद्यार्थी उपस्थित भएपछि साथीहरूलाई कुर्ने क्रममा बिहान करिब ६स् १५ बजेको समयमा सुन्तला कलरको टिसर्ट लगाएको एक युवक कक्षा भित्र छिरेर एसिड छर्केर भागेको घाइते सीमाले बताइन्। सीमाका अनुसार ती युवकले एसिड फालिसकेपछि त्यो बोतल कक्षा कोठामै फालेर भागेका थिए। आफू त्यो टिउसन सेन्टरमा पढ्न थालेको ६ दिन मात्र भएको सीमाले बताइन्।‘म विज्ञानमा कमजोर थिएँ,त्यसैले ६ दिन अघि यो इन्टिच्युटमा भर्ना भएर पढ्न थालेको हुँ,’ सीमाले भनिन्,‘आफूसँग कसैको रिसीबीइ र त्यस्तो आक्रमण गर्नुपर्ने कुनै कारण म देख्दिनँ।’
रौतहट स्थायी घर भएर झोँझेस्थित डेरा गरेर बस्ने १५ वर्षीया सीमा बस्नेतको अहिले वीर अस्पतालमा उपचार भइरेको छ।
यस्तै उक्त घटनामा परी गम्भीर घाइते भएकी रामेछाप खनियापानी ८ घर भई बसन्तपुर बस्ने १६ वर्षकी संगीता मगरको ग्वार्कोस्थित बीएण्ड बी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
एसिड प्रहारबाट संगीताको छाती,अनुहार र खुट्टामा चोट लागेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.