नेपाली सेना दिवस मनाइयो, राष्ट्रपतिद्वारा नेपाली सेनाको प्रशंसा ।।
फाल्गुण ०५–
नेपाली सेनाले आफ्नो स्थपाना दिवस आज विभिन्न कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा काठमाडौं टुंडिखेलको सैनिकमञ्चमा विशेष समारोह आयोजना गरिएको थियो । सेना दिवसको अवसरमा आयोजित समारोहमा नेपाली सेनाका परमाधिपति समेत रहनुभएका राष्ट्रपति डा रामवरण यादव, प्रधानमन्त्रीलगायत उच्च सरकारी अधिकारीहरुको सहभागिता थियो । विशेष समारोहमा सेनाले युद्धकला, मार्चपास, परेड लगायतका क्रियाकपाल प्रदर्शन गरेको थियो । २०४७ सालदेखि महाशिवरात्रीको दिन सेना दिवस मनाउन थालिएको हो । मुलुकका विभित्र क्षेत्रमा तैनाथ जङ्गी अड्डा मातहतका पृतना, बाहिनी, गण, गुल्ममा समेत सेना दिवसको विशेष कार्यक्रम गरिएको सेनाले जनाएको छ ।
यसैबीच सेना दिवसको अवसरमा आयोजित समारोहमा राष्ट्रपति डा रामवरण यादवले देशको शान्ति, सुरक्षा, स्थायित्व र देश विकासका लागि सेनाको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ । सेना दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देशमा उहाँले सेनाले मुलुकको विविध क्षेत्रमा काम गरिरहेको भन्दै सेनाको काम र भूमिकाको प्रशंसा पनि गर्नुभयो ।

No comments: