सिद्धपुर प्रा.वि. दगातुन्डाडा २, नौटुवाको छानो उडाएपछि पठनपाठन नै ठप्प ।।
माघ २२–
सिद्धपुर प्राथमिक विद्यालय दगातुन्डाडा २ नौटुवामा हावाहुरीले विद्यालय भवनको छानो उडाएपछि विद्यार्थीको पठनपाठन अवरुद्ध भएको छ । गत मंगलवार दिउसो पानी संगै आएको हुरी वतासले विद्यालयमा नवनिर्मित ३ काठे भवनको छानो सवै उडाई पुरानो भवन लाई नै क्षति पुर्यायपछि पठन पाठन पूर्ण रुपमा वन्द भएको हो । गत वर्ष मात्रै जिल्ला शिक्षा कार्यालय बागलुङको २ कोठे भवन अनुदान ७ लाख रुपैयामा थप स्थानियको ४ लाख रुपैया श्रोत जुटाई ३ कोठे भवन निर्माण गरिएको थियो । हावाहुरिले विद्यालयको सवै छानो उडाईदिँदा झण्डै ३ लाख वरावर क्षति भएको प्रहरीले जनाएको छ । विद्यार्थीहरुको वार्षिक परीक्षा नजिकिदै गरेको वेला विद्यालय वन्द गर्नुपर्दा विद्यार्थीको सिकाईनै प्रभावित भएकोले शुक्रवार देखि खुल्ला मैदानमै पठन पाठन सुरु गर्ने विद्यालयका प्रधानाध्यापक इश्वर वहादुर थापाले वताउनु भएको छ । थापाले भवन पनःनिर्माणको लागी स्थानिय तहवाट काम सुरु गरिएको र जिल्ला शिक्षा कार्यालय, जिल्ला विकास समिति लगाएतका निकायमा राहतको लागी अनुरोध गर्ने वताउनु भएको छ ।

No comments: