प्रतिबद्धतालाई ब्यबहारमा कार्यान्वयन गर्नुपर्ने–ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष थापाको भनाई
माघ २२–
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष भरतबहादुर थापाले भ्रष्टाचार विरुद्धको अभियानमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । भ्रष्टाचारले सबै क्षेत्र ग्रसित रहेको उल्लेख गर्दै उहाँले भ्रष्टाचार बिरुद्धको अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । सुशासन अभियान गुल्मीद्वारा संचालित एलाक डीपी कार्यक्रम अन्तर्गत आज गुल्मीको तम्घासमा आयोजित सदाचार प्रतिबद्धता समीक्षा कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । सरकारी कार्यालयहरुले आफ्नो दायित्व सम्झेर सुशासन कायम गर्नुपर्ने बताउँदै उहाँले कागजमा भएको प्रतिबद्धतालाई ब्यबहारमा उतार्नूपर्नेमा जोड दिनुभयो । ‘आम नागरिकले सदाचारको अनुभूति गर्न पाए भने प्रतिबद्धताको औचित्य छ,’ थापाले भन्नुभयो, ‘प्रतिबद्धता अनुरुपको काम नभए काजगमा सिमित प्रतिबद्धताले केही हुँदैन ।’ उहाँले भ्रष्टाचार विरुद्धको अभियानमा स्वतस्फूर्त रुपमा लाग्न सवैलाई आग्रह गर्दै सुशासन अभियान गुल्मीले जिल्लामा खेलेको भुमिकाको सरहना पनि गर्नुभयो ।कार्यक्रममा नागरिक समाजका अगुवा तथा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका संस्थापक अध्यक्ष देवेन्द्रराज पाण्डेयले भ्रष्टाचार विरुद्ध क्रियाशिल रहनका लागि आफूहरुले ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको स्थापना गरेको बताउनुभयो । देशका लागि केही गर्नुपर्छ भन्ने भावनाबाट प्रेरित भई निस्वार्थ रुपमा यस अभियानमा लागेको उल्लेख गर्दै उहाँले यस अभियानमा सहभागि बन्न सवैलाई आग्रह पनि गर्नुभयो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय गुल्मीको तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी बलराम अर्याल र मालपोत कार्यालय गुल्मीको तर्फबाट मालपोत अधिकृत चिरञ्जीवि सापकोटाले आ–आफ्नो कार्यालयमा प्रतिबद्धता पत्र कार्यान्वयनको अवस्थाबारे प्रस्तुतिकरण गर्नुभएको थियो । त्यसैगरी प्रतिबद्धता पत्रको औचित्य तथा कार्यान्वयन सम्बन्धि सुशासन अभियान गुल्मीकी कार्यक्रम अधिकृत हीरा कुँवरले प्रस्तुति गर्नुभएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरे, जिविसका कार्यक्रम अधिकृत शंकरप्रसाद गौतम, राष्ट्रिय जनमोर्चाका कमल अर्याल, नेकपा एमालेका जंङ्ग नेपाली लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा राजनीतिक दलका प्रमुख, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, नागरिक समाज, पत्रकार, संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो । गत असार ६ गते जिल्ला प्रशासन कार्यालय गुल्मी र मालपोत कार्यालय गुल्मीले कानूनअनुसार गनुपर्ने कार्य यथासमयमै गरी कार्यालयको सेवा प्रभावकारी वनाउने लगायतका विषयमा प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरेका थिए । सुशासन अभियान गुल्मीका अध्यक्ष श्यामकुमार पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष माहाशर्मा भण्डारीले स्वागत गर्नुभएको थियो भने सञ्चालन संस्थाका सहसचिव नरेश भण्डारीले गर्नुभएको थियो ।

No comments: