हस्तीचौर गाविस खुल्ला दिशा मुक्त घोषणा
माघ २२–
गुल्मीको हस्तीचौर गाविस आज जिल्लाको ४९ औं गाविसका रुपमा खुल्ला दिशा मुक्त गाविस घोषणा भएको छ । शौभाग्यकै कुरा भन्नु पर्छ हस्तीचौरवासीकै छोरा रहेका निमित्त स्थानिय विकास अधिकारी भक्तीराम मरासीनीले आज प्रमुख अतिथीको आशनबाट त्यस गाविसलाई खुल्ला दिशा मुक्त , पुर्ण खोप, पुर्ण साक्षर र विद्यालयमा वालवालिका पुर्ण भर्ना गाविस घोषणा गरेका हुन् । घोषणा सभालाई सम्वोधन गर्दै निमित्त स्थानिय विकास अधिकारी मरासीनले घोषणा घोषणाका लागि मात्र नभएर व्यवहारमैं सफा र सभ्य गाउँ हस्तीचौर हुनु पर्नेमा जोड दिएका थिए । हस्तीचौर गाविस कार्यालयबाट वाजागाज लगायत विभिन्न स्थानिय झाँकीहरु सहित निस्केको ¥याली देउराली बाघखोर पुगेर पुनः हिमालय उच्च माविको खेल मैदानमा आई सभामा परिणत भएको थियो । १७ सय ५ घरधुरी रहेको हस्तीचौरका प्रत्येक घरधुरीमा शौचालय बनेको र एक वर्षको प्रयास पछि खुल्ला दिशा मुक्त गाविस घोषणा गर्न सफल भएको हस्तीचौर गाविस सचिव नरबहादुर अर्यालले बताए । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सह सचिव हरिबहादुर केसी, नेकपा एमालेका कार्य वाहक अध्यक्ष मधुकृष्ण पन्त, एकिकृत नेकपा माओवादीका जिल्ला प्रतिनिधी श्याम बिक, राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष रामेश्वर खत्री , नेकपा एकिकृतका नन्दराम राना , अनेरास्ववियुका जिल्ला सचिव राजेन्द्रविक्रम कुँवर, नेपाल तरुण दलका क्षेत्रिय अध्यक्ष चुराबहादुर खत्री लगायतका राजनैतिक दल र उनका भातृ संगठनहरुको आतिथ्यता थियो । त्यस्तै स्थानिय राजनैतिक दलका रुपमा नेपाली कांग्रेसका हस्तीचौर सभापति शेरबहादुर कुँवर, नेकपा एमालेका अध्यक्ष राम मल्ल ठकुरी, एकिकृत नेकपा माओवादीका अध्यक्ष रामकुमार विष्ट लगातले मन्तव्य राखेका थिए । कर्मचारीहरुको तर्फबाट जिल्ला खानेपानी कार्यालयका निमित्त प्रमुख कमल पन्त, विश्व स्वास्थ्य संगठनका नेशनल कोर्डिनेटर राजेन्द्र बोहरा ,जिल्ला हुलाक प्रमुख हरिप्रसाद गैरे लगायतको आतिथ्यता थियो । घोषण सभामा हस्तीचौरका पुर्व गाविस अध्यक्ष नरहरी घिमिरे, जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर श्याम पोखरेल जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक पिताम्वर पन्थी लगायतले डिभिजन पनि मन्तव्य राखेका थिए । कार्यक्रममा खुल्ला दिशा मुक्त लगायतको क्षेत्रमा सहयोग पुराउने महानुभावहरुलाई दोसाल्ला ओढाएर सम्मान गरिएको थियो । हस्तीचौर गाविस सचिव नरबहादुर अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हिमालय उच्च माध्यामिक विद्यालय हस्तीचौरका प्राचार्य दधिराम पन्थीको स्वागत मन्तव्य र हस्तीचौर उप स्वास्थ्य चौकी ईन्चार्ज समशुलन मियाँको सञ्चालन रहेको थियो ।

No comments: