केही समय अगाडी बलात्कृत पौदीअमराईकी बालीका मानसीक तनाबमै
माघ २२–
गत पुस ३० गते गुल्मीको पौदीअमराईमा वलात्कृत भईन भनिएकी ११ वर्षिया वालिका हाल सम्म मानसिक तनावमैं रहेको परिवारजनले बताएका छन् । उक्त दिन दिउँसो करिव ४ वजेको समयमा पौंदीअमराईको च्यानडाँडा टापु भन्ने सार्वजानिक जङ्गलमा सोही गाविस वडा नम्वर ८ का १८ वषिय वावुराम गिरीले बलात्कार गरेको आरोप परिवारजनले लगाएका छन् । अहिले प्रहरी हिरासतमा रहेका गिरीबाट वलात्कृत भनिएकी ति वालिका वेला वेलामा चिच्चाउने, म मर्छु बाँच्दीन भन्दै घरबाट भागेर हिड्ने गरेको वरिवारजन बताउ छन् । उनका काकाका अनुसार उनि धेरै पटक घरबाट भागेर जङ्गलमा लुकेर वस्ने गरेकी छन् । केहि दिन अघि मध्ये रातमा अज्ञात व्यक्तिले उनको घरको ढोकामा ठुलै ढुङ्गा प्रहार गरेको दिन देखि उनले अव मलाई मार्छन म भाग्छु भन्दै घर छोड्न थालेकी हुन् । गिरीलाई वलात्कारको आरोपमा प्रहरीले पक्राउ गरे पछि उनका परिवारजन र आफन्तहरुले वलात्कृत भनिएकी वालिकाका दालित परिवारलाई धम्काउने गरेको उनिहरुले बताए । आरोपित गिरीलाई हिरासतमा लिएर अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत प्रहरी निरीक्षक अम्विकाप्रसाद गुप्ताले बताएका छन् । उनको तल्लो पेट दुख्ने गरेको र पिशाव फेर्न गाह्रो हुने गरेको उनकी आमा बताउछिन् ।

No comments: