"2513058968709111" /> देशका बिभिन्न ठाउँमा चट्याङ लागेर ३ जनाको मृत्यु, जर्दनौ घाईते ।। - अनिश शर्मा गैरे
Breaking News
recent

देशका बिभिन्न ठाउँमा चट्याङ लागेर ३ जनाको मृत्यु, जर्दनौ घाईते ।।

फाल्गुण ०७–
बुधबार साँझ परेको चट्याङ लागेर सोलुखुम्बुको वाकुका ३ जनाको मृत्यु भएको छ । साँझ परेको चट्याङ लागेर वाकु १ का ४१ बर्षिय दण्डिप्रसाद घिमिरे, वाकु १ कै ११ बर्षिया अनिशा राई र वकु १ कै ३२ बर्षिय रमेश बिकको ज्यान गएको प्रहरी नायव उपरिक्षक चन्द्रदेब राईले जानकारी दिनुभयो । साँझ परेको चट्याङले पूर्णबहादर घिमिरे घाईते भएका प्रहरीले जनाएकोछ । गाविसमा बितरित ११ किलोवाट क्षमताको पावरहाउस नजिर्क चट्याङ परेको थियो । यसैबिच डोटीको तोलेनी गाबिसमा हिजोराती परेको चट्याङ लागेर ८ जना घाईते भएका छन् । चट्याङ लागेर तोलेनि गाबिस वर्डा नम्बर ७ बस्ने ४८ बर्षिया जसुदेबि खड्का गभ्भीर घाईते हुनु भएको छ भने धनसरा थापा,लक्ष्मी थापा,तारा थापा,पिर्रतिका थापा,बम बहादुर थापा,जयभान थापा र नमसरा थापा सामान्य घाईते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरक्षक तोयनाथ जोशीले जानकारी दिनु भयो । गम्भीर घाईते जसुदेबि खड्कालाई उपचारको लागी जिल्ला अस्पतालमा ल्याईने भएको छ । चट्याङ लागेर सोहि गाबिसमा ३ वटा बाख्रा,१ भैसी र १ गाई समेत मरेका छन् । त्यस्तै चट्याङ लागेर ओखलढुंगाको टारकेराबारीमा ३ जना घाईते भएका छन् । हिँजो साँझ पानी र हावाहुन्डरी सँगै परेको चट्याङ लागेर स्थानिय ३ जना घाईते भएका हुन् । घाईतेहुनेहरुमा स्थानिय देवमायाँ पौडेल, देवेन्द्र पौडेल र अर्जुन रोका रहेका छन् । उनिहरु मध्ये अर्जुनको कम्मबर भन्दा तल्लो भागमा अलि बढि चोट लागेको स्थानिय पुरुशोतम पौडेलले जानकारी दिनुभयो । जिल्लामा विद्युतीय उपकरण र तार पोलहरु व्यवस्थित नभएकै कारण चट्याङको जोखिम बढ्दै गएको छ ।  यस्तै  पर्वतको फलामखानीमा हिजो दिउँसो परेको चट्याङका कारण ६ जना घाईते भएका छन् । गाबिसको वडा नम्बर ४ रुपेस्वाँरामा चट्याङ लागेर माया सुनार, दुर्गाबहादुर सुनार,
डिलबहादुर सुनार,सरस्वती क्षेत्री, सीता सुबेदी,सुदिप क्षेत्री घाईते भएका छन्
। घाईतेहरुको टाउको,छाती,खुट्टा र शरिरका बिभिन्न भागमा चोट लागेको
स्थानिय सविना सुनारले जानकारी दिनुभयो । सुनारका अनुसार घाईतेमध्ये
सुदिप,दुर्गाबहादुर र सरस्वतीको अवस्था केहि गम्भिर छ । घटनास्थल सदरमुकाम कुश्माबाट ७ कोष टाढा रहेकाले उपाचारका लागि ल्याउन ढिलाइ भएको छ । हरेक बर्ष फलामखानीमा चट्याङले धनजनको क्षति पु¥याउने गरेको छ । गतबर्ष जेठ महिनामा चट्याङ लागेर गाबिसको वडा नम्बर ६ निवासी सर्वजित सुनारको मृत्यु भएको थियो भने थुपै्र घाईते भएका थिए । गडिडाँडामा रहेका स्मार्ट र एनसेलको टावरमा समेत चट्याङले क्षति पु¥याउँदा दुईवटै टावरले काम गरेको छैन ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.