प्रजातन्त्र दिवस मनाइयो, उपलब्धी सस्थागन गर्नुपर्नेे प्रधानमन्त्रीको भनाई ।।
फाल्गुण ०७–
नेपालमा प्रजातन्त्र स्थापना भएका अवसरमा आज प्रजातन्त्र दिवस मनाइएको छ । विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको अवसरमा काठमाण्डुमा नेपाली सैनिक मञ्चमा ६५औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । त्यस अवसरमा राष्ट्रपति रामवरण यादवले राष्ट्रिय सलामी ग्रहण गर्नुभयो । कार्यक्रममा प्रजातन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष तथा प्रधानमन्त्री कोइरालाले आफ्नो सम्बोधनको सुरुमै २००७ सालको क्रन्तिका नायक विश्वेश्वरप्रसाद कोइरालालाई स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुभयो । प्रधानमन्त्रीले २००७ सालको जनक्रान्तिले नेपालको लोकतन्त्र र नेपाली समाजलाई आधुनिक युगमा प्रवेश गराएकाले यस दिनको विशिष्ट महत्व हुने बताउनुभयो । विभिन्न क्रान्तिबाट प्राप्त भएका ऐतिहासिक उपलब्धिलाई लिपिबद्ध गरी संस्थागत गर्न संविधानसभाभित्र र बाहिरका राजनीतिक दलसँग संवाद भइरहेको अवगत गराउँदै प्रधानमन्त्री कोइरालाले यसमा सबै नेपाली र मित्र शक्ति राष्ट्रको इमान्दार सहयोग र सद्भावको आवश्यकता रहेकामा जोड दिनुभयो । प्रधानमन्त्री कोइरालाले लोकतान्त्रिक शासन पद्धतिलाई संस्थागत गरी अभ्यास गर्ने प्रयासमा २००७ सालको जनक्रान्तिलाई सबै क्रान्तिको जननीका रुपमा लिनुपर्ने बताउनुभयो । कार्यक्रममा उपराष्ट्रपति परमानन्द झा, कामु प्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठ, उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंह, मन्त्रिगण, सभासद्, सुरक्षा निकायका उच्च अधिकारी, संवैधानिक निकायका पदाधिकारी, कूटनीतिक निकायका प्रतिनिधि, विभिन्न उच्च सरकारी पदाधिकारीलगायतको सहभागिता थियो ।

No comments: